English

राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि वि विल राइज फाउण्डेसन छनौट



वि विल राइज फाउण्डेसन राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि छनौट भएको छ । पर्यटन प्रवर्द्धन तथा सामाजिक सेवामा सक्रिय उक्त फाउण्डेसनलाई युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा उक्त पुरस्कार प्रदान गर्नेछ ।

मन्त्रालयद्वारा पर्यटन प्रवर्द्धन तथा सामाजिक सेवामा महत्त्वपूर्ण योगदान पुराएको मूल्याङ्कन गर्दै सम्मानका लागि छनौट भएको वि विल राइज २०७२ को महाभूकम्पपछि स्थापना भएको हो । उक्त संस्थाले देश तथा विदेशमा समेत निरन्तर शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ । नेपालका कुना काप्चामा रहेका पर्यटकीय स्थलको उजागर गर्न ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्ज पनि यही फाउण्डेसनले सुरु गरेको छ ।

मन्त्रालयले युवा प्रतिभा सम्मान कार्यविधि २०७२ अनुसार मूल्याङ्कन भई खुल्ला प्रतिस्पर्धाको आधारमा फाउण्डेसन सहित विभिन्न विधामा दश जना युवाहरूलाई सम्मानका लागि छनौट गरिएको जनाएको छ । कृषितर्फ हिरा बहादुर घर्ती र चन्द्र प्रसाद बस्नेत, वातावरण संरक्षणतर्फ हिरुलाल डंगौरा, युवा सशक्तीकरण र नेतृत्व विकासतर्फ भावना भट्ट र दिवाकर अर्याल, पर्यटन प्रवर्द्धनतर्फ सिर्जना वली, समान सेवातर्फ शौरभ रिमाल, विज्ञान तथा प्रविधितर्फ दीपेन्द्र नेपाली र स्वास्थ्यतर्फ डा. राम थापा क्षेत्री छनौट भएका छन् ।

यो पनि…
राइज मिडियाको दोस्रो पाइला
राइज मिडियाका निर्देशकद्वय ‘जनसेवाश्री’ बाट सम्मानित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

चैत ६, काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन

Latest










Popular
Suggested