English

‘प्रेमध्वज सङ्गीत रत्न सम्मान २०७९’ भबिन ढुङ्गानालाई



नेपाली सङ्गीत क्षेत्रमा क्रियाशील संस्था विन्ध्यवासिनी म्युजिक प्रा.लि.ले ‘प्रेमध्वज संगीत रत्न सम्मान २०७९’ युवा गायक तथा सङ्गीतकार भबिन ढुङ्गानालाई प्रधान गर्ने भएको छ । आगामी वैशाख २२ गते हुने विन्ध्यवासिनी म्युजिक अवार्ड को १३औँ संस्करणमा ढुङ्गानालाई नगद २५ हजार धनराशि सहित सो सम्मान प्रदान गरिने भएको हो ।

उक्त संस्करणमा विभिन्न २१ विधा मा अवार्ड वितरण हुने र ५ विधामा स्रष्टा सम्मान हुने कुरा आयोजक संस्था विन्ध्यवासिनी फाउन्डेसन ले बताएको छ । विन्ध्यवासिनी म्युजिक लाइफ टाइम अचिभमेन्ट अवार्ड सङ्गीतकार प्रकाश गुरुङ, विन्ध्यवासिनी संगीत साधना सम्मान गायिका सुक्मीत गुरुङ, विन्ध्यवासिनी कला पत्रकारिता सम्मान नरेश भट्टराई लाई र प्रेमध्वज संगीत रत्न सम्मान गायक सङ्गीतकार ढुङ्गाना लाई प्रदान गरिने निर्णय भइसकेको छ । त्यस्तै, झलकमान लोक संगीत सम्मानका विषयमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल को सिफारिस पत्र पर्खिरहेको र पत्र प्राप्ति पछि यो विषयमा निर्णय गरिने फाउन्डेसन ले बताएको छ ।

यसअघि ‘विन्ध्यवासिनी संगीत रत्न’ सम्मान बाट गायिका अन्जु पन्त बि.सं. २०७१, गायक राजेश पायल राई बि.सं.२०७२, गायक रामकृष्ण ढकाल बि.सं.२०७३, गायिका रिमा गुरुङ होडा बि.सं. २०७४, गायक सङ्गीतकार सुगम पोखरेल बि.सं. २०७५, सङ्गीतकार हरि लम्साल बि.सं. २०७६, गायिका मान्डबि त्रिपाठी बि.सं. २०७७ सम्मानित भइसकेका छन् ।

सम्मानको आठौँ संस्करणबाट सो सम्मान अग्रज स्रष्टा प्रेमध्वज प्रधान प्रति समर्पण गर्दै ‘प्रेमध्वज संगीत रत्न सम्मान’ नामकरण भएको थियो । त्यस लगत्तै गायक सङ्गीतकार अजर जंगम ले बि.सं. २०७८ मा यो सम्मान पाएका थिए ।

नेपाली सङ्गीत क्षेत्रको श्रीवृद्धिका लागि विगत २५ वर्ष देखि क्रियाशील विन्ध्यवासिनी म्युजिक प्रा। लि। ले गत १३ वर्ष देखि वार्षिक रूपमा विन्ध्यवासिनी म्युजिक अवार्ड गर्दै आइरहेको छ । स्रष्टालाई सम्मान गरिरहँदा उनीहरूको प्रवर्द्धनमा भूमिका निभाएका पत्रकारलाई पनि नेपाली सङ्गीत समाज ले सम्मान गर्नुपर्छ भन्ने मान्यता राखेर विन्ध्यवासिनी म्युजिक प्रा।लि। ले यो सम्मान को सुरुआत गरेको अध्यक्ष लिना शर्मा रेग्मीले जानकारी दिइन् । निजी क्षेत्रबाट भएको यस्तो सम्मान नेपाली सङ्गीतको इतिहास मै पहिलो भएको उनी बताउँछिन् ।

यो पनि…
‘विन्ध्यवासिनी संगीत साधना सम्मान २०७९’ सुक्मीत गुरुङलाई
‘विन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०७९’ नरेश भट्टराईलाई



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested