English

‘विन्ध्यवासिनी संगीत साधना सम्मान २०७९’ सुक्मीत गुरुङलाई



हरेक वर्ष स्रष्टा सम्मानमा ठुलो धनराशि सहित सम्मान गर्दै आइरहेको विन्ध्यवासिनी म्युजिकले यो वर्षको संगीत साधना सम्मान अग्रज गायिका सुक्मीत गुरुङलाई समर्पण गर्ने भएको छ । संगीत कर्मबाट सामाजिक कार्य तथा नेपाली सङ्गीत क्षेत्रको श्रीवृद्धिका लागि निरन्तर लागिरहेको विन्ध्यवासिनी म्युजिक अवार्डको १३औँ संस्करण आगामी वैशाख २२ गते हुने र सोही समारोहमा यो सम्मान प्रदान गरिने कुरा विन्ध्यवासिनी म्युजिकले जनाएको छ ।

यसअघि विन्ध्यवासिनी संगीत साधना सम्मानबाट भजन शिरोमणि भक्तराज आचार्य बि.सं. २०७०, सङ्गीतकार सम्भुजित बास्कोटा बि.सं.२०७१, सङ्गीतकार शक्ति वल्लभ बि.सं.२०७२, गीतकार.कृष्णहरि बराल बि.सं. २०७३, गायक दीप श्रेष्ठ बि.सं. २०७४, गायिका ज्ञानु राणा बि.सं. २०७५, गायक दीपक खरेल बि.सं. २०७६, गायिका कुन्ती मोक्तान बि.सं.२०७७ र गायिका तारा थापा बि.सं. २०७८ सम्मानित भएको विन्ध्यवासिनी म्युजिकले जनाएको छ ।

विन्ध्यवासिनी म्युजिकले स्रष्टाका सम्मानमा समर्पण गर्ने लाइफ टाइम अचिभमेन्ट अवार्ड रु १ लाख, संगीत साधना सम्मान रु ५० हजार, प्रेम ध्वज संगीत रत्न सम्मान रु २५ हजार र कला पत्रकारिता सम्मान रु २५ हजार धनराशिका रहेका छन् । निजी क्षेत्रबाट यति ठुलो धनराशि को सम्मान नेपाली सङ्गीत इतिहास मै पहिलो हो । यसका अलावा यसै वर्ष बाट विन्ध्यवासिनी फाउन्डेसन ले रु २५ हजार धनराशि सहित को “झलकमान लोक संगीत सम्मान“ को घोषणा गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल को सिफारिस बमोजिम कुनै एक लोक स्रष्टा/प्रस्तोता लाई यो सम्मान प्रदान गरिने कुरा विन्ध्यवासिनी फाउन्डेसन की अध्यक्ष लिना शर्मा रेग्मीले बताइन् ।

यो पनि…
‘विन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०७९’ नरेश भट्टराईलाई
भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार प्रदान



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested