English

काठमाडौं सिडिओ कार्यालयले मृत्यु संस्कार र जरुरी काम बाहेक सवारी पास नदिने



जिल्ला प्रशासन कार्यालय काठमाडौंले मृत्यु संस्कार र अत्यन्तै जरुरी काम बाहेक सवारी पास नदिने भएको छ । अनावश्यक सन्दर्भमा अत्यावश्यक भनी सवारी पास माग गरेको पाइएको भन्दै कार्यालयले भोलिबाट लागू हुने गरी यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा आजबाट १५ दिनका लागि निषेधाज्ञा लागू भएको छ ।

यो अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरु, विरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तिय संस्था, बिमालगायत नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोवार गर्ने संस्थाका कर्मचारी, एयरपोर्ट जाने आउने यात्रुहरुको हकमा भने सवारी पास आवश्यक नपर्ने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यदि यस्ता कार्यमा यात्रा गर्दा कहीँ कतैबाट अवरोध आएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ नम्बरमा फोन गर्न सूचित गरेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

Latest










Popular
Suggested