English

महिला जागरण र लायन्स क्लबद्वारा चेपाङ समुदायमा सहयोग



धादिङ जिल्ल बेनीघाट रोराङ गाउँपालिका–२ मासखर्कस्थित पञ्चकन्या आधारभूत विद्यालयमा स्टेशनरी सामाग्री वितरण गरिएको छ । सहयोगी महिला जागरण मञ्चको समन्वय र लायन्स क्लब अफ काठमाडौँ युनाइटेड सेन्ट्रलको सहयोगमा विद्यालयमा अध्ययन गर्ने ५९ जना र अन्य ११ जना बालबालिकाहरूलाई कापी, डटपेन, सिसाकमल, इरेजर, साइन पेन, लगायतका सामग्री विद्यालयमा पुगेर वितरण गरिएको हो ।

यसैगरी गाउँका सुत्केरी महिला, ज्येष्ठ नागरिकहरूका लागि कपडा वितरण गरिएको छ । साडी, धोती, ओढ्ने तथा लगाउने न्यानो लुगा लगायतका कपडा महिलाहरूका लागि वितरण गरिएको थियो । एकसरो कपडा समेत नभएर चिसो समयमा आगो तापेर रात कटाउने मासखर्क बासीले कपडा पाएपछि खुसी व्यक्त गरेका छन् । मासखर्क पुगेपछि सामाजिक कार्यकर्ता तथा मनमोहन अस्पतालका डा. मनोर सैयदले विद्यालयमा अध्ययनरत ५९ जना विद्यार्थीका लागि जुत्ता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कक्षा तीनसम्म सञ्चालन भएको पञ्चकन्या आधारभूत विद्यालयमा अध्ययन गर्ने अति विपन्न चेपाङ परिवारका बालबालिकाहरूको लगाउने कपडा तथा खानेकुरा र विद्यालयमा पढ्नका लागि स्टेशनरी समेत अभाव भएको समाचार इन्सेक अनलाइनमा ‘आगो तापेर रात कटाउँछन् चेपाङ समुदाय’ शीर्षकमा माघ ४ गते प्रकाशन भएको थियो । उक्त समाचार प्रकाशित भएपछि चेपाङ समुदायका सुत्केरी महिला, ज्येष्ठ नागरिक र बालबालिकाका लागि एक महिनामा सहयोग सङ्कलन भएको सहयोगी महिला जागरण मञ्चकी अध्यक्ष राधा श्रेष्ठले बताइन ।

स्टेशनरी तथा कपडा वितरणका लागि सहयोगी महिला जागरण मञ्चकी अध्यक्ष श्रेष्ठ, सचिव सबिना श्रेष्ठ, सदस्य कृष्णदेवी शाही, मनमोहन अस्पतालका डाक्टर मनोर सैयद, लायन्स क्लब अफ काठमाडौँ युनाइटेड सेन्ट्रलमा निवर्तमान अध्यक्ष रोशनकुमार श्रेष्ठ, रोशनी कर्माचार्य, सोमी श्रेष्ठ, सुचिता श्रेष्ठ, सपना ताम्राकार उदास, नेसनल बाथरोग सेन्टरका निर्देशक रोशन कक्षपति, सरला पन्ची, सामाजिक कार्यकर्ता तुलसीजंग थापा, वेदना बज्राचार्य, मलेसियामा कार्यरत सागर लगायतले इन्सेक अनलाइनमा प्रकाशन भएको आगो तापेर रात कटाएको समाचार पढेपछि सहयोग उपलब्ध गराएका थिए ।

यो पनि…
सगरमाथा चढ्न वि विल राइजद्वारा आङरिताका नातिलाई आर्थिक सहयोग
राइज मिडियाका अध्यक्ष गुरुङ ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट सम्मानित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,