यी हुन् शिवरात्रिमा खान हुने र खान नहुने कुरा



विशेष गरी व्रत तीन प्रकारका हुन्छन्– निराहार, फलाहार र अन्न आहार गरेर गरिने व्रत । व्रत बस्दा विशेषतः निराहार व्रत बस्नु भनिन्छ । तर, आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्र व्रत बस्नु उचित हुन्छ । स्वास्थ्यमा समस्या हुनेहरूले वा निराहार व्रत बस्न गाह्रो हुनेहरूले भने व्रत बस्दा के खाने र के नखाने भन्ने कुरा जान्नु अत्यन्त जरुरी हुन्छ ।

तपाई शिवरात्रिमा व्रत बस्दै हुनुहुन्छ तर निराहार व्रत बस्न सक्नु हुन्न भने फलाहार व्रत बस्न सक्नुहुन्छ । विभिन्न फलफूलहरू र फलफूलको जुस खान सक्नु हुन्छ । स्याउ, केरा, आँप, अंगुर, सुन्तला अनार, मेवा लगायत फलफूल सेवन गरेर व्रत बस्न सकिन्छ ।

तपाई अन्न आहार गरेर व्रत बस्दै हुनुहुन्छ भने अन्नमा खान हुने चिजहरू र खान नहुने चिजहरूको बारेमा जान्नुपर्ने हुन्छ । व्रत बस्दा खान हुने चिजहरूलाई ‘हविष्य’ भनिन्छ भने खान नहुने चिजहरूलाई ‘आमिस’ भनिन्छ । आमिस पदार्थहरूमा जस्तै मासु, मह, भटमास, नशालु पदार्थ, बासी अन्न, गुन्द्रुक, डढेको खानेकुरा आदि पर्छ । यस्ता चिज व्रत बस्दा खान हुँदैन । त्यस्तै क्रिया दुष्ट चिजहरू पनि व्रतमा खान हुँदैन । उदाहरणको लागि कुनै फलफूल काटिँदै छ, त्यसलाई च्वाट्ट काट्न मासु जसरी भनियो वा काटियो भने त्यो फलफूल पनि अशुद्ध हुन्छ । भावदुष्ट चिजहरू पनि व्रतको बेला खानु हुँदैन । जस्तै दही मोही खान मन छ तर कस्तो जाँड जस्तो गनायो भनियो भने त्यो भाव दुष्ट हुन्छ र ती पनि खान हुँदैन ।

व्रत बसेको बेला खान हुनेमा हविष्य चिजहरू पर्छन् । जस्तै चामल, रहरको र मुंगको दाल, जौ, मिस्री, आलु, अदुवा, घिउमा पकाएका खाना, सिधे नुन तथा दूध आदि खान हुन्छ । यी चिजलाई शुद्ध मानिन्छ र व्रत बसेका बेला यी चिजहरू खान उचित मानिन्छ ।

यो पनि…
यसैले सत्यम् शिवम् सुन्दरम्
पशुपतिमा बाबा : कोही मास्टर्स गरेका, कोही वियोगमा परेका

https://www.youtube.com/watch?v=2RKCpJhpDKw



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दूध स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । दूधमा प्रोटिन र क्याल्सियम राम्रो मात्रामा पाइन्छ । यसबाहेक दूधमा भिटामिन ए, बी२

जमिनमा नै घर बनाएको देख्नु भएको छ, तर एउटा यस्तो ठाउँ छ जहाँ जमिनमुनि घर बनाएर बस्छन् । यी घरहरू

तपाईँ भित्री सजावटको सोखिन हुनुहुन्छ र तपाईँको घरलाई धेरै सुन्दर तरिकाले सजाउन चाहनुहुन्छ वा तपाईँ आफ्नो नयाँ घरमा सर्दै हुनुहुन्छ

बजारमा विभिन्न प्रकारका ब्रा उपलब्ध छन्, तर हामी सधैँ डिजाइनरको सट्टा गुणस्तरमा ध्यान दिने प्रयास गर्छौँ ताकि दैनिक प्रयोगमा लगाइने