English

यी हुन् शिवरात्रिमा खान हुने र खान नहुने कुरा



विशेष गरी व्रत तीन प्रकारका हुन्छन्– निराहार, फलाहार र अन्न आहार गरेर गरिने व्रत । व्रत बस्दा विशेषतः निराहार व्रत बस्नु भनिन्छ । तर, आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्र व्रत बस्नु उचित हुन्छ । स्वास्थ्यमा समस्या हुनेहरूले वा निराहार व्रत बस्न गाह्रो हुनेहरूले भने व्रत बस्दा के खाने र के नखाने भन्ने कुरा जान्नु अत्यन्त जरुरी हुन्छ ।

तपाई शिवरात्रिमा व्रत बस्दै हुनुहुन्छ तर निराहार व्रत बस्न सक्नु हुन्न भने फलाहार व्रत बस्न सक्नुहुन्छ । विभिन्न फलफूलहरू र फलफूलको जुस खान सक्नु हुन्छ । स्याउ, केरा, आँप, अंगुर, सुन्तला अनार, मेवा लगायत फलफूल सेवन गरेर व्रत बस्न सकिन्छ ।

तपाई अन्न आहार गरेर व्रत बस्दै हुनुहुन्छ भने अन्नमा खान हुने चिजहरू र खान नहुने चिजहरूको बारेमा जान्नुपर्ने हुन्छ । व्रत बस्दा खान हुने चिजहरूलाई ‘हविष्य’ भनिन्छ भने खान नहुने चिजहरूलाई ‘आमिस’ भनिन्छ । आमिस पदार्थहरूमा जस्तै मासु, मह, भटमास, नशालु पदार्थ, बासी अन्न, गुन्द्रुक, डढेको खानेकुरा आदि पर्छ । यस्ता चिज व्रत बस्दा खान हुँदैन । त्यस्तै क्रिया दुष्ट चिजहरू पनि व्रतमा खान हुँदैन । उदाहरणको लागि कुनै फलफूल काटिँदै छ, त्यसलाई च्वाट्ट काट्न मासु जसरी भनियो वा काटियो भने त्यो फलफूल पनि अशुद्ध हुन्छ । भावदुष्ट चिजहरू पनि व्रतको बेला खानु हुँदैन । जस्तै दही मोही खान मन छ तर कस्तो जाँड जस्तो गनायो भनियो भने त्यो भाव दुष्ट हुन्छ र ती पनि खान हुँदैन ।

व्रत बसेको बेला खान हुनेमा हविष्य चिजहरू पर्छन् । जस्तै चामल, रहरको र मुंगको दाल, जौ, मिस्री, आलु, अदुवा, घिउमा पकाएका खाना, सिधे नुन तथा दूध आदि खान हुन्छ । यी चिजलाई शुद्ध मानिन्छ र व्रत बसेका बेला यी चिजहरू खान उचित मानिन्छ ।

यो पनि…
यसैले सत्यम् शिवम् सुन्दरम्
पशुपतिमा बाबा : कोही मास्टर्स गरेका, कोही वियोगमा परेका

https://www.youtube.com/watch?v=2RKCpJhpDKw



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested