English

सेयर बजारमा हरियाली



बिहीबार सेयर बजार १२.४३ अंकले बढेको छ। यस दिन नेप्से ०.५७ प्रतिशतले बढेर २१८२.६१ बिन्दुमा बन्द भएको छ।

बिहीबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन अर्थात् बुधबार ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार ८१७ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम घटेर २ अर्ब ६ करोड २० लाख ५८ हजार ७४९ रुपैयाँमा सीमित भएको छ। आज २५७ वटा धितोपत्रको ५६ लाख ४८ हजार २१२ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार बाराही हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२७ रुपैयाँ पुगेको छ। यस्तै, विजय लघुवित्तको सेयर मूल्य ५.९२ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ९६६ रुपैयाँ पुगेको छ।

आज सर्वाधिक मूल्य घट्नेमा नबिल ब्यालेन्सड् फण्ड–३ रहेको छ। उक्त योजनाको इकाइ मूल्य ५।७५ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ५४ पैसामा झरेको छ। यस्तै, गुराँस लघुवित्तको सेयर मूल्य ४.१६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८३० रुपैयाँ कायम भएको छ।

यस दिन अपि पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ३०२ रुपैयाँमा ५ करोड ८६ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा १.६५ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नबिल बैंक रहेको छ। उक्त कम्पनीको ६९३ रुपैयाँमा ५ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०।१६ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यस दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक १.४६ प्रतिशतले बढेको छ। त्यस्तै, जलविद्युत समूहको परिसूचक १.०१ प्रतिशतले बढेको हो।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



सम्बन्धित खबरहरु

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

Latest










Popular
Suggested