English

सेयर बजारमा गिरावट



बुधबार सेयर बजारमा गिरावट आएको छ। आज नेप्से परिसूचक ७.१३ अंकले घटेको छ। आज नेप्से ०.३३ प्रतिशतले घटेर २१७०.२१ बिन्दुमा बन्द भएको छ।

बुधबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन अर्थात् मंगलबार ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम बढेर ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार ८१७ रुपैयाँ पुगेको छ। बुधबार २५७ वटा धितोपत्रको १ करोड ५ लाख २ हजार ६४९ कित्ता सेयर किनबेच भएको हो।

बुधबार तेह्रथुम पावरको सेयर मूल्य सर्वाधिक ३.३२ प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४३६ रुपैयाँ पुगेको छ। यस्तै, धौलागिरी लघुवित्तको सेयर मूल्य ३.०८ प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार ३४० रुपैयाँ पुगेको छ।

आज सर्वाधिक मूल्य घट्नेमा आदर्श लघुवित्त रहेको छ। उक्त कम्पनीको मूल्य ५.१४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार ४३५ रुपैयाँमा झरेको छ। यस्तै, पोखरा फाइनान्सको सेयर मूल्य ४.९८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४१८ रुपैयाँ कायम भएको छ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ८५२ रुपैयाँमा ११ करोड २८ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा १.६१ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा अपी पावर रहेकोे छ। उक्त कम्पनीको २९७ रुपैयाँ १० पैसामा १० करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये अन्य समूहको परिसूचक ०.५० प्रतिशत र व्यापार समूहको परिसूचक ०.०५ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

आज वित्त समूहको परिसूचक सर्वाधिक १.९२ प्रतिशतले घटेको छ। त्यस्तै, होटल्स तथा पर्यटन समूहको परिसूचक १.४८ प्रतिशत र जलविद्युत समूहको परिसूचक १ प्रतिशतले घटेको हो।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

सन्जिव दुलालकाठमाडौं। तामाङ शेलो गीत ‘रोशी त खोला’ एक विशेष कार्यक्रमका बीच काठमाडौंको बौद्धस्थित सेकुवा जक्सनमा सार्वजनिक गरिएको छ। गायक

Latest










Popular
Suggested