English

प्रेम प्रस्ताव राख्दा यस कारण दिइन्छ रातो गुलाफ



जब प्रेमको कुरा आउँछ, तब फूललाई प्रतिकात्मक रूपमा प्रयोग गरेको देख्न पाइन्छ । कसैलाई धन्यवाद भन्न होस् या बधाई दिन, तपाईँ आफ्नो तर्फबाट जब शुभेच्छा प्रकट गर्न चाहनुहुन्छ भने फूल उपहार दिनुहुन्छ । फूल नै एउटा यस्तो पर्फेक्ट उपहार बनिदिन्छ, कुनै शब्द प्रयोग गरेर बोलिरहनु आवश्यक नै पर्दैन । फूलले भावना प्रकट गर्छ ।

यही कुरा प्रेम प्रकट गर्दा दिइने रातो गुलाफको सन्दर्भमा पनि ठ्याक्कै लागू हुन्छ । रातो गुलाफ आफ्नो विशेष मानिसलाई दिइन्छ, यसले तपाईँ कति नजिक हुनुहुन्छ भन्ने बुझाउँछ । रातो गुलाफ दिइसकेपछि तपाईँले ‘आई लभ यू’ भनिरहनै पर्दैन ।

कहिलेकाहीँ जोडीबीच झगडा परेको छ भने पनि त्यसलाई टुङ्ग्याउन रातो गुलाफ दिने गरिन्छ । मन परेको मानिसलाई प्रपोज गर्नुपर्दा रातो गुलाफ जत्तिको उपयुक्त वस्तु अरू के नै होला र ! के तपाईँले कहिल्यै सोच्नुभएको छ, जब प्रेमको कुरा आउँछ तब किन सधैँ रातो गुलाफ नै दिने गरिन्छ ?

कतिपय मानिस यसलाई एउटा चलन मान्ने गर्छन्, अरूले त्यसै गरेको देखेर आफूले पनि रातै गुलाफ दिएको भन्ने गर्छन् । तर, सत्य कुरा अर्कै छ । गुलाफसँगै यसको रातो रङमा विशेष ‘अर्थ’ लुकेको हुन्छ । यसले प्रेमलाई छताछुल्ल प्रकट गरिदिन्छ ।

कहिलेदेखि हुन थाल्यो रातो गुलाफको प्रयोग ?

प्रेम प्रकट गर्न रातो गुलाफ प्रयोग हुन थालेको हजारौँ वर्ष भइसकेको छ । ग्रिक तथा रोमन माइथोलोजीमा गुलाफलाई प्रायः एफ्रोडाइट ९प्रेम सङ्केत– ‘एन्सिएन्ट ग्रिक गडेऊ अफ सेक्सुअल लभ एन्ड ब्युटी’ मानिन्छ । यसलाई फर्टिलिटीको भगवान् पनि मानिन्छ । गुलाफलाई पनि यस्तै भावनासँग जोडेर हेर्ने गरिन्छ ।

रातो रङलाई धैर्यसँग पनि जोडेर हेर्ने गरिन्छ । प्रेम भनेको प्यासन पनि त हो । यही कारण रातो गुलाफ ‘डिप लभ एक्सपे्रस’ गर्न दिने गरिन्छ । यसको अर्थ तपाई सम्बन्धलाई अगाडि बढाउन चाहनुहुन्छ र कुनै विशेष कमिटमेन्ट गर्न पनि चाहनुहुन्छ । यसबाट तपाईँको आफ्नो साथीप्रति बलियो भावना रहेको कुरा प्रकट हुन पुग्छ ।

गहिरो रातो रङले गहिरो इमोसनलाई व्यक्त गर्छ । र, उज्यालो रातोले रोमान्स प्रकट गर्छ । रोज बड यदि तपाईँले कसैलाई दिनुहुन्छ भने, त्यसले तपाईँको प्रेम साँचो, निर्मल र देखावटीपनबाट टाढा रहेको बुझाउँछ ।

विवाहित जोडीले पनि प्रयोग गर्छन् रातो गुलाफ

विवाहित जोडीले जब एक–अर्कालाई रातो गुलाफ दिन्छन् तब त्यहाँ केवल लभ र रोमान्स रहँदैन । त्यहाँ त दुईबीचको सम्बन्ध खुसीपूर्ण रहेको पनि जनाउँछ । यो बुझाउँछ कि, त्यो जोडीको वैवाहिक जिन्दगी धन्य रहेको र एक अर्काप्रति समर्पित तथा विशेष रहेको छ ।

१४ फेब्रुअरी नजिकै आइरहेको छ । प्रणय दिवसको नामले प्रख्यात भ्यालेन्टाइन्स डे पछिल्लो समय नेपालमा पनि खुबै प्रचलित हुन थालेको छ ।

र, त्यसदिन रातो गुलाफ दिएर आफ्नो माया प्रकट गर्ने चलन हामीकहाँ पनि फस्टाउन थालेको छ । नेपालमा लाखौँ रुपैयाँको रातो गुलाफको कारोबार आगामी १४ तारिखका दिने हुने पक्का छ ।

यो पनि…
भ्यालेन्टाइन वीक किन रोज डेबाट मात्र सुरु हुन्छ ?
रोज डे : एक–अर्कालाई कसरी गर्ने आकर्षित ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली