English

प्रेम प्रस्ताव राख्दा यस कारण दिइन्छ रातो गुलाफ



जब प्रेमको कुरा आउँछ, तब फूललाई प्रतिकात्मक रूपमा प्रयोग गरेको देख्न पाइन्छ । कसैलाई धन्यवाद भन्न होस् या बधाई दिन, तपाईँ आफ्नो तर्फबाट जब शुभेच्छा प्रकट गर्न चाहनुहुन्छ भने फूल उपहार दिनुहुन्छ । फूल नै एउटा यस्तो पर्फेक्ट उपहार बनिदिन्छ, कुनै शब्द प्रयोग गरेर बोलिरहनु आवश्यक नै पर्दैन । फूलले भावना प्रकट गर्छ ।

यही कुरा प्रेम प्रकट गर्दा दिइने रातो गुलाफको सन्दर्भमा पनि ठ्याक्कै लागू हुन्छ । रातो गुलाफ आफ्नो विशेष मानिसलाई दिइन्छ, यसले तपाईँ कति नजिक हुनुहुन्छ भन्ने बुझाउँछ । रातो गुलाफ दिइसकेपछि तपाईँले ‘आई लभ यू’ भनिरहनै पर्दैन ।

कहिलेकाहीँ जोडीबीच झगडा परेको छ भने पनि त्यसलाई टुङ्ग्याउन रातो गुलाफ दिने गरिन्छ । मन परेको मानिसलाई प्रपोज गर्नुपर्दा रातो गुलाफ जत्तिको उपयुक्त वस्तु अरू के नै होला र ! के तपाईँले कहिल्यै सोच्नुभएको छ, जब प्रेमको कुरा आउँछ तब किन सधैँ रातो गुलाफ नै दिने गरिन्छ ?

कतिपय मानिस यसलाई एउटा चलन मान्ने गर्छन्, अरूले त्यसै गरेको देखेर आफूले पनि रातै गुलाफ दिएको भन्ने गर्छन् । तर, सत्य कुरा अर्कै छ । गुलाफसँगै यसको रातो रङमा विशेष ‘अर्थ’ लुकेको हुन्छ । यसले प्रेमलाई छताछुल्ल प्रकट गरिदिन्छ ।

कहिलेदेखि हुन थाल्यो रातो गुलाफको प्रयोग ?

प्रेम प्रकट गर्न रातो गुलाफ प्रयोग हुन थालेको हजारौँ वर्ष भइसकेको छ । ग्रिक तथा रोमन माइथोलोजीमा गुलाफलाई प्रायः एफ्रोडाइट ९प्रेम सङ्केत– ‘एन्सिएन्ट ग्रिक गडेऊ अफ सेक्सुअल लभ एन्ड ब्युटी’ मानिन्छ । यसलाई फर्टिलिटीको भगवान् पनि मानिन्छ । गुलाफलाई पनि यस्तै भावनासँग जोडेर हेर्ने गरिन्छ ।

रातो रङलाई धैर्यसँग पनि जोडेर हेर्ने गरिन्छ । प्रेम भनेको प्यासन पनि त हो । यही कारण रातो गुलाफ ‘डिप लभ एक्सपे्रस’ गर्न दिने गरिन्छ । यसको अर्थ तपाई सम्बन्धलाई अगाडि बढाउन चाहनुहुन्छ र कुनै विशेष कमिटमेन्ट गर्न पनि चाहनुहुन्छ । यसबाट तपाईँको आफ्नो साथीप्रति बलियो भावना रहेको कुरा प्रकट हुन पुग्छ ।

गहिरो रातो रङले गहिरो इमोसनलाई व्यक्त गर्छ । र, उज्यालो रातोले रोमान्स प्रकट गर्छ । रोज बड यदि तपाईँले कसैलाई दिनुहुन्छ भने, त्यसले तपाईँको प्रेम साँचो, निर्मल र देखावटीपनबाट टाढा रहेको बुझाउँछ ।

विवाहित जोडीले पनि प्रयोग गर्छन् रातो गुलाफ

विवाहित जोडीले जब एक–अर्कालाई रातो गुलाफ दिन्छन् तब त्यहाँ केवल लभ र रोमान्स रहँदैन । त्यहाँ त दुईबीचको सम्बन्ध खुसीपूर्ण रहेको पनि जनाउँछ । यो बुझाउँछ कि, त्यो जोडीको वैवाहिक जिन्दगी धन्य रहेको र एक अर्काप्रति समर्पित तथा विशेष रहेको छ ।

१४ फेब्रुअरी नजिकै आइरहेको छ । प्रणय दिवसको नामले प्रख्यात भ्यालेन्टाइन्स डे पछिल्लो समय नेपालमा पनि खुबै प्रचलित हुन थालेको छ ।

र, त्यसदिन रातो गुलाफ दिएर आफ्नो माया प्रकट गर्ने चलन हामीकहाँ पनि फस्टाउन थालेको छ । नेपालमा लाखौँ रुपैयाँको रातो गुलाफको कारोबार आगामी १४ तारिखका दिने हुने पक्का छ ।

यो पनि…
भ्यालेन्टाइन वीक किन रोज डेबाट मात्र सुरु हुन्छ ?
रोज डे : एक–अर्कालाई कसरी गर्ने आकर्षित ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested