English

फोटो काठमाण्डौद्वारा ‘विशिष्ट सम्मान’का लागि आवेदन खुला



फोटो काठमाण्डौले आयोजना गर्ने ‘विशिष्ट सम्मान’ को चौथो संस्करणका लागि मनोनयन दर्ता गर्न आवेदन फारम खोलेको छ । नेपाली फोटोग्राफीलाई विशिष्ट योगदान पुराएको व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले उक्त आवेदन फारम खोलेको फोटो काठमाण्डौका लर्निङ्ग प्रोग्राम कोर्डिनेटर सागर क्षेत्रीले बताए ।

आवेदन फारममा जो कोहीले आफूले चिने जानेको फोटोग्राफर वा फोटोग्राफर नभए पनि नेपाली फोटोग्राफीमा योगदान पुराएका तीन जना व्यक्तिको नाम प्रस्ताव गर्न सक्ने क्षेत्री बताउँछन् । उनी भन्छन् ‘फारममा आफूले प्रस्ताव गर्न चाहेको व्यक्तिको नाम र नेपाली फोटोग्राफीको क्षेत्रमा वहाँले पुर्याउनु भएको योगदान उल्लेख गर्नुपर्छ ।’

मनोनयन दर्ता भएका मध्येबाट तीन जना जूरी सदस्यको विभिन्न चरणको छलफलबाट स्रष्टा छनोट गरिने क्षेत्रीले जानकारी दिए । मनोनयन फारम २७ माघ २०७९, शुक्रबार सम्म पठाइसक्नु पर्नेछ ।

सन् २००७ मा स्थापना भएको फोटो.सर्कलले विगत १६ वर्षदेखि फोटोग्राफी सम्बन्धी विभिन्न कार्यक्रमहरू गरेर शिक्षाको क्षेत्रमा प्रदर्शनी, प्रस्तुतीकरण, फोटो सम्बन्धी विभिन्न प्रकाशनहरू निकालेर काम गर्दै आएको छ । यस संस्थाले गत सात वर्ष अर्थात् २०१५ देखि अन्तर्राष्ट्रिय फोटोग्राफी महोत्सव ‘फोटो काठमाण्डौ’ सुरु गरेको हो । पहिलो संस्करणमा मणि लामा, दोस्रो संस्करणमा श्रीधरलाल मानन्धर र किरण श्रेष्ठ, तेस्रो संस्करणमा बङ्गलादेशी नागरिक डाक्टर शाहिदुल आलम सम्मानित भएका थिए ।

यस संस्करणका लागि विकास रौनियार, श्रुति श्रेष्ठ र देवेन्द्रमान सिंह जूरी सदस्यमा छानिएका छन् । फोटो.सर्कल अन्तर्गत ‘फोटो काठमाण्डौले लामो समयदेखि नेपाली फोटोग्राफी र फोटो पत्रकारितामा योगदान पुराएका व्यक्तिहरूबाट जूरी छनोट गर्दछ ।

रौनियार कान्तिपुर पब्लिकेसनमा २० वर्षदेखि फोटो सम्पादकको रूपमा काम गरेका नेपाली फोटो पत्रकार हुन्। उनका तस्बिरहरू द न्यु योर्क टाइम्स, एलए टाइम्स, सन्डे टाइम्स र आउटलुक लगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यममा चित्रित भएका छन्। उनले सन् २००७–०८ मा नेशनल फोरम अफ फोटो जर्नालिस्ट (एन एफ पी जे) को अध्यक्षको रूपमा पनि काम गरेका थिए भने, श्रेष्ठ कान्तिपुर पब्लिकेसन र रोयटर्स न्युज एजेन्सी जस्ता मिडिया हाउसमा १६ वर्षभन्दा बढी समयदेखि काम गरिसकेकी छिन्। हाल उनी फोटो जर्नलिस्ट क्लब नेपालकी अध्यक्षको रूपमा कार्यरत छिन् । त्यस्तै, सिंह एक प्रख्यात नेपाली फोटो पत्रकार हुन्। उनी सन् १९८० देखि २००७ सम्म एजेन्सी फ्रान्स–प्रेस (एएफपी) का काठमाडौँस्थित फोटो संवाददाताका रूपमा आबद्ध थिए।

मनोनयन दर्ता गर्न यहाँ क्लीक गर्नुहोस्

यो पनि…
विकास रौनियार : बदलिएको तस्बिर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested