English

सेयर बजारमा गिरावट



साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार सेयर बजार २२.१२ अंकले घटेको छ। आज नेप्से १.०४ प्रतिशतले घटेर २०९४.५४ बिन्दुमा बन्द भएको छ।

बिहीबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन अर्थात् बुधबार १ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज २ अर्ब ९ करोड ६४ लाख १९ हजार १६१ रुपैयाँ पुगेको छ। आज २५७ वटा धितोपत्रको ५८ लाख ९८ हजार ९०३ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार आदर्शको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ९२८ रुपैयाँ ९० पैसा पुगेको छ। यस्तै, सानिमा इक्विटी फण्डको इकाइ मूल्य ३.१७ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ११ रुपैयाँ ५ पैसा पुगेको छ।

आज सर्वाधिक मूल्य घट्नेमा सपोर्ट माइक्रोफाइनान्स रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ५.८० प्रतिशतले घटेर प्रति कित्ता मूल्य १ हजार १५४ रुपैयाँ कायम भएको छ। यस्तै, सिद्धार्थ इन्स्योरेन्सको सेयर मूल्य ५.२९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६४४ रुपैयाँमा झरेको छ।

बिहीबार सर्वाधिक सेयर खरिद–बिक्री स्ट्याण्डर्ड चार्टर्ड बैंकको भएको छ। यस दिन उक्त कम्पनीको ५१२ रुपैयाँमा १० करोड १३ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआइसी एशिया बैंक रहेकोे छ। उक्त कम्पनीको ८१० रुपैयाँ ४० पैसामा ५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। आज जीवन बीमा समूहको परिसूचक सर्वाधिक २.१७ प्रतिशतले घटेको छ भने जलविद्युत समूहको परिसूचक २.०६ प्रतिशतले घटेको हो।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested