English

चार दिनपछि सेयर बजारमा सामान्य सुधार



लगातार चार कारोबार दिन घटेपनि बुधबार सेयर बजार ४.९७ अंकले बढेको छ। आज नेप्से परिसूचक ४.९७ प्रतिशतले बढेर २११६.६५ बिन्दुमा पुगेर बन्द भएको हो।

नेप्से परिसूचक बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो दिन दुई अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा आज जम्मा एक अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको छ। आज दुई सय ६१ वटा धितोपत्र र ऋणपत्रको कारोबार भएकोमा ११० वटाको मूल्य बढेको छ भने एक सय ९३ वटाको मूल्य घटेर किनबेच भएको छ।

बुधबार आदर्श लघुवित्तको सेयर मूल्यमा सबैभन्दा धेरै १० प्रतिशतको वृद्धि देखिएको छ। उक्त लघुवित्तको प्रतिकित्ता मूल्य एक हजार सात सय ५३ रुपैयाँ ६० पैसा कायम रहेको छ। त्यस्तै सिद्धार्थ इन्सुरेन्सको मूल्य ८.२८ प्रतिशतले बढेको छ। यसको सेयर मूल्य प्रतिकित्ता ६ सय ८० रुपैयाँ कायम रहेको छ।

यस दिन सर्वाधिक मूल्य घट्नेमा एनआइबिएल समृद्धि कोष–२ रहेको छ। कोषको सेयर मूल्य ३.७२ प्रतिशतले घटेको हो। बुधबार सर्वाधिक सेयर खरिद–बिक्री नेपाल बैंक लिमिटेडको भएको छ। यस दिन उक्त बैंकको पाँच करोड ९३ लाख रुपैयाँमा बराबरको सेयर खरिद–बिक्री भएको हो।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

एसीसी पुरुष टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीको क्लोज क्याम्प शुरु भएको छ । क्लोज क्याम्पमा खेलाडीहरुले प्रशिक्षण

नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआई) ले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ