English

चार दिनपछि सेयर बजारमा सामान्य सुधार



लगातार चार कारोबार दिन घटेपनि बुधबार सेयर बजार ४.९७ अंकले बढेको छ। आज नेप्से परिसूचक ४.९७ प्रतिशतले बढेर २११६.६५ बिन्दुमा पुगेर बन्द भएको हो।

नेप्से परिसूचक बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो दिन दुई अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा आज जम्मा एक अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको छ। आज दुई सय ६१ वटा धितोपत्र र ऋणपत्रको कारोबार भएकोमा ११० वटाको मूल्य बढेको छ भने एक सय ९३ वटाको मूल्य घटेर किनबेच भएको छ।

बुधबार आदर्श लघुवित्तको सेयर मूल्यमा सबैभन्दा धेरै १० प्रतिशतको वृद्धि देखिएको छ। उक्त लघुवित्तको प्रतिकित्ता मूल्य एक हजार सात सय ५३ रुपैयाँ ६० पैसा कायम रहेको छ। त्यस्तै सिद्धार्थ इन्सुरेन्सको मूल्य ८.२८ प्रतिशतले बढेको छ। यसको सेयर मूल्य प्रतिकित्ता ६ सय ८० रुपैयाँ कायम रहेको छ।

यस दिन सर्वाधिक मूल्य घट्नेमा एनआइबिएल समृद्धि कोष–२ रहेको छ। कोषको सेयर मूल्य ३.७२ प्रतिशतले घटेको हो। बुधबार सर्वाधिक सेयर खरिद–बिक्री नेपाल बैंक लिमिटेडको भएको छ। यस दिन उक्त बैंकको पाँच करोड ९३ लाख रुपैयाँमा बराबरको सेयर खरिद–बिक्री भएको हो।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested