English

लगातार चौथो दिन सेयर बजारमा गिरावट



लागातार चौथो दिन पनि सेयर बजार परिसूचक नेप्से घटेको छ। मंगलबार नेप्से परिसूचक १५.७४ अंकले घटेर बजार बन्द हुँदा २,१११ मा आइपुगेको छ।

लगातार बजार घट्न थालेसँगै करोबार रकममा समेत कमि आएको छ। अघिल्लो दिन तीन अर्ब ३० करोड रूपैयाँको कारोबार भएकोमा यसदिन कारोबार रकम घटेर दुई अर्ब ८२ करोड रूपैयाँमा सीमित भएको छ।

यसदिन दुई सय ५९ वटा धितोपत्र र ऋणपत्रको कारोबार भएकोमा ७० वटाको मूल्य बढेको छ भने एक सय ७२ वटाको मूल्य घटेर किनबेच भएको छ।

बजार घटिरहँदा पनि आदर्श लघुवित्तको सेयर मूल्यमा सबैभन्दा धेरै १० प्रतिशतको वृद्धि देखिएको छ। मूल्य बढ्ने कम्पनीहरूको संख्यामा सोमबारको तुलनामा मंगलबार भने सुधार आएको छ। सोमबार १७ वटाको मात्र मूल्य बढेकोमा यस दिन ७० वटाको मूल्य बढेको हो।

प्राइम लाइफ र मनकामना स्मार्ट लघुवित्तको सबैभन्दा धेरैले मूल्य घटेको छ। यी दुवै कम्पनीको क्रमशः ५.२१ प्रतिशत र ४.९७ प्रतिशतको दरमा मूल्य घटेर कारोबार भएको छ।

यसदिन रिडी पावरको सबैभन्दा धेरै १९ करोड २० लाख रूपैयाँको सेयर कारोबार भएको छ। यसदिन जलविद्युत समूह बाहेक सबै समूहगत परिसूचक घटेका छन्।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



सम्बन्धित खबरहरु

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

चितवन । एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्वारा चितवनमा “Road To IPO & Credit Rating”

काठमाडौं, कात्तिक ३० — एक्टिभ उमन अफ नेपाल (AWON) द्वारा आयोजना गरिएको विशेष बजार हिजो द सोल्टी होटल अटोग्राफ कलेक्सनमा

Latest










Popular
Suggested