English

सेयर बजारमा उच्च अंकको गिरावट



१८ दिनपछि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ। सोमबार नेप्से परिसूचक एकै दिन ४१.०१ अंकले घटेर बजार बन्द हुँदा २१२७ मा आइपुगेको छ।

घटेर बजार बन्द भएपनि कारोबार रकममा भने वृद्धि देखिएको छ। अघिल्लो दिन तीन अर्ब एक करोड रूपैयाँको कारोबार भएकोमा तीन अर्ब ३० करोड रूपैयाँको कारोबार भएको हो।

आज दुई सय ५६ वटा धितोपत्र र ऋणपत्रको कारोबार भएकोमा १७ वटाको मूल्य बढेको दुई सय ३२ वटाको मूल्य भने घटेर किनबेच भएको छ।

युनाइटेड इडी मार्दी हाइड्रोपावर र स्वेत गंगा हाइड्रोपावरको सबैभन्दा धेरैले मूल्य घटेको छ। यी दुवै कम्पनीको क्रमशः ७.१४ प्रतिशत र ६.७१ प्रतिशतको दरमा मूल्य घटेर कारोबार भएको छ।

आज सूर्य ज्योति लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै १७ करोड ६५ लाख रूपैयाँको सेयर कारोबार भएको छ। सूर्या र ज्योति लाइफबीचको मर्जरपछि नयाँ नामबाट कारोबार भएयता कम्पनीको मूल्य लगातार बढिरहेको छ। यसदिन कारोबारमा आएको सबै समूहगत परिसूचक घटेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested