English

सेयर बजारमा गिरावट



साताको पहिलो दिन आइतबार खुलेको सेयर बजार १४.६८ अंकले घटेर २,१६८ विन्दुमा आएको छ।

गत बिहीबारको तुलनामा कारोबार रकममा भने वृद्धि भएको छ। बिहीबार दुई अर्ब ८६ करोड रूपैयाँको कारोबार भएकोमा आइतबार भने तीन अर्ब एक करोड रूपैयाँको सेयर कारोबार भएको छ।

आज दुई सय ६७ वटा धितोपत्र र ऋणपत्रको कारोबार भएकोमा ६३ वटाको मूल्य बढेको छ भने एक सय ८४ वटाको मूल्य घटेर किनबेच भएको छ।

लुम्बिनी जनरल इन्स्योरेन्स र बाराही हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतको दरमा वृद्धि भएको छ। सम्बृद्धी फाइनान्स र सिभिल लघुवित्तको सबैभन्दा धेरै ६ प्रतिशतको दरमा मूल्य घटेर कारोबार भएको छ। यसदिन होटेल, टुरिजम र जीवन बिमा समूहको परिसूचकमा भने वृद्धि भएको छ।

आइएमई जनरल इन्स्योरेन्सको सबैभन्दा धेरै नौ करोड ९९ लाख रूपैयाँको सेयर कारोबार भएको छ। हिमालयन उर्जा विकासको नौ करोड २१ लाखको कारोबार भएको छ। हिमालयन उर्जाले दुई सय प्रतिशत हकप्रद दिने घोषणा गरेसँगै कारोबार रकममा वृद्धि भएको हो।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



सम्बन्धित खबरहरु

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान समपनन भएको छ ।

कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले

Latest










Popular
Suggested