English

दोहोरो अंकले घट्यो सेयर बजार



साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ। बिहीबार नेप्से परिसूचक ४१.०२ अंकले घटेको छ। आज नेप्से परिसूचक १.८७ प्रतिशतले घटेर २१४९.४१ बिन्दुमा पुगेर बन्द भएको छ। नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ।

गत कारोबार दिन अर्थात् मंगलबार ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार ५७९ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७२४ रुपैयाँ पुगेको छ। यस दिन २५२ वटा धितोपत्रको १ करोड ४४ लाख ८२ हजार ९५९ कित्ता सेयर किनबेच भएको छ।

बिहीबार सिंगटी हाइड्रोपावर र बाराही हाइड्रोपावरको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। सिंगटी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत र बाराही हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३७४ रुपैयाँ र ३४३ रुपैयाँ ९० पैसा कायम भएको छ।

यस्तै, कुमारी धनवृद्धि योजनाको इकाई मूल्य १० प्रतिशतले बढेर प्रति इकाई मूल्य १० रुपैयाँ ४३ पैसा कायम भएको छ। यस दिन सर्वाधिक मूल्य घट्नेमा गुराँस लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ९.१८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८८२ रुपैयाँमा झरेको छ।

यस्तै, कालिका पावरको सेयर मूल्य ८.४८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३६९ रुपैयाँमा झरेको छ। बिहीबार सर्वाधिक सेयर खरिद–बिक्री शिवम् सिमेन्टको भएको छ। यस दिन उक्त कम्पनीको ५६६ रुपैयाँमा २२ करोड २० लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ४.०७ प्रतिशत घटेको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिडी पावर कम्पनी रहेकोे छ। उक्त कम्पनीको ५४८ रुपैयाँमा १७ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक ०.६६ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ३.७० प्रतिशतले घटेको छ। यस्तै, दोस्रोमा लगानी समूहको परिसूचक ३.०१ प्रतिशतले घटेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested