English

उकालो यात्रामा रहेको सेयर बजारमा दोहोरो अंकको गिरावट



पछिल्लो समय लगातार बढिरहेको सेयर बजार आज मङ्गलबार भने दोहोरो अङ्कले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ३४ अङ्कले घटेर दुई हजार एक सय ९० दशमलव ४३ विन्दुमा झरेको हो ।

विकास बैंक र म्युचल फन्डबाहेक अरू सबै समूहको सेयर घटेकोमा बीमा, फाइनान्स, माइक्रोफाइनान्स र होटल समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार घटे पनि कारोबार रकम भने निकै बढेको छ । आज दुई सय ५४ वटा कम्पनीका दुई करोड आठ लाख ४३ हजार कित्ता सेयर सात अर्ब ६५ करोड ८८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको २१ करोड र अपी पावर कम्पनीको २० करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै तारागाउँ रिजेन्सी होटलको सेयर साढे आठ प्रतिशत तथा बुद्धभूमि नेपाल हाइड्रोको सेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज बाराही हाइड्रोको शेयर १० प्रतिशतले, एचआईडीसीएलको साढे नौ प्रतिशतले र सिँगटी हाइड्रोको सेयर साढे आठ प्रतिशतले बढेको छ ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



सम्बन्धित खबरहरु

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

चितवन । एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्वारा चितवनमा “Road To IPO & Credit Rating”

काठमाडौं, कात्तिक ३० — एक्टिभ उमन अफ नेपाल (AWON) द्वारा आयोजना गरिएको विशेष बजार हिजो द सोल्टी होटल अटोग्राफ कलेक्सनमा

Latest










Popular
Suggested