English

ओ पृथ्वीनारायण !



ओ ! पृथ्वीनारायण !!
बन्द गर तिम्रो दिव्योपदेश
ठड्याउन पर्दैन चोर औला पनि
अहमताको चन्द्रागिरि उक्लिएर हेर्नुपर्दैन अलकापुरी कान्तिपुरी ।

हेर एक पटक आफ्नै रक्ताम्मे हातहरूलाई
देखिनेछ लिम्बुनी आमाहरूको पेटभित्रको क्रूर भ्रूण हत्यागाथा

––––
हेर फर्किएर बरु तिम्रै औपनिवेशिक पाइलाहरू
देखिनेछन् तिम्रै क्रूरताले काटिएका किपु ज्यापुका नाक कान
हेर तिमिले आफ्नै मस्तिष्क भित्रको चेतनालाई
देखिनेछन् तिम्रै षड्यन्त्रले रेटिएका कैयौँ रेन्छेन दोर्जेहरु
हेर तिमिले आफ्नै हिन्दुत्वले पोतिएको पहेँलो शरीर
देखिनेछ प्रस्ट त्रिलोचन र हरिनन्दको कोसेली माटो
हेर एक पटक आफ्नै रक्ताम्मे हातहरूलाई
देखिनेछ लिम्बुनी आमाहरूको पेटभित्रको क्रूर भ्रूण हत्यागाथा
एक पटक हेर तिम्रै जङ्गबहादुर र महेन्द्रीय संस्करण पनि
देखिनेछ केवल तिम्रै असली हिन्दुस्थानाको निरन्तरता ।
––––
ओ पृथ्वीनारायण
यो ऐतिहासिक परिदृश्य भित्र
किन फलाकिरहेछौ एकताको गाथा ?

हेर बाकाविर, लखन, रामप्रसाद, सुपती आदि आदिलाई
जो चाहेनन् तिम्रो सत्ताको आडमा बाँधिएर बस्न ।

––––
हेर बरु रामलिहाङ र रिदामालाई
जो चाहेनन् तिम्रो एकल भाष्य भित्र अटाएर बाच्न
हेर बाकाविर, लखन, रामप्रसाद, सुपती आदि आदिलाई
जो चाहेनन् तिम्रो सत्ताको आडमा बाँधिएर बस्न ।
––––
ओ पृथ्वीनारायण
सदियौँ वर्षको यात्रा पश्चात्
वर्तमानको कठघरामा छौ तिमि ।
––––
हेर एकपल्ट याम्बु माथिका अग्ला शिरहरूलाई
तिम्रै गौबधको हिन्दु षड्यन्त्रमा निरन्तर कुप्रिँदै आएका छन्
हेर एकपल्ट दक्षिण तिरको समथर मधेस
जो तिम्रै गहुँगोरो अहङ्कारको रापले जलिरहेका छन्

हेर पूर्व र पश्चिमका बहु रङ्गिन राष्ट्रिय भूगोल
तिम्रै उराठिलो एकल रङ्गको आडम्बरमा खुइलिइरहेका छन्

हेर पूर्व र पश्चिमका बहु रङ्गिन राष्ट्रिय भूगोल
तिम्रै उराठिलो एकल रङ्गको आडम्बरमा खुइलिइरहेका छन्
हेर अन्तिम पटक फर्किएर जनतामाझ
तिम्रै जातरूपी हतियारले तह तहमा टुक्रीइरहेकाछन् ।
––––
तिमी भने देखाइरहेछौ केवल चोर औला
फलाकिरहेछौ राष्ट्रिय एकताको गाथा
––––
तर
प्रस्ट छ तिम्रो एकल साम्राज्यवादको क्रूर बिम्ब ।
प्रस्ट छ तिम्रो एकल हिन्दुत्वको क्रूर सपना ।
––––
ओ पृथ्वीनारायण
त्यसैले तिम्रो एकताको बिम्ब खारेज गर्दछु ।

यो पनि…
उत्तर कोरिया, मैले जे देखेँ
दुई छोरीले भरेको चेतना र परिवर्तनको चित्रण ‘युगारम्भ’ सार्वजनिक



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested