सेयर बजारमा हरियाली



पहिलो कारोबार दिन अर्थात् आइतबार सेयर बजार २०.५५ अंकले बढेको छ। आज नेप्से परिसूचक ०.९६ प्रतिशतले बढेर २१६४.४८ बिन्दुमा पुगेर बन्द भएको छ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ। गत कारोबार दिन अर्थात् बिहीबार ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँ पुगेको छ।

आइतबार २५९ वटा धितोपत्रको १ करोड ४१ लाख ९८८ कित्ता सेयर किनबेच भएको छ। आज दुई कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। खप्तड लघुवित्त र बाराही हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो। खप्तड लघुवित्तको प्रतिकित्ता मूल्य एक हजार ५४५ रुपैयाँ ५० पैसा र बाराही हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता २५८ रुपैयाँ ५० पैसा कायम भएको छ।

आज सर्वाधिक मूल्य घट्नेमा बुद्धभूमी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ४.२५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४५५ रुपैयाँमा झरेको छ। यस्तै, वीन नेपाल लघुवित्तको सेयर मूल्य ४।२३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ५० रुपैयाँ ६० पैसामा झरेको छ।

आइतबार सर्वाधिक सेयर खरिद–बिक्री हिमालयन डिष्टिलरीको भएको छ। उक्त कम्पनीको २ हजार ८७१ रुपैयाँमा २१ करोड २९ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.३३ प्रतिशत घटेको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेकोे छ। उक्त कम्पनीको ५७५ रुपैयाँ २० पैसामा १९ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक ०।८८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको परिसूचक १।०७ प्रतिशत र लघुवित्त समूहको परिसूचक ०।२२ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।

यस दिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक ४.४३ प्रतिशतले बढेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



...
rogeKneep

buy cialis professional Vitamin E is often termed an antioxidant, but its protective effects in P

...
gate.io

I have read your article carefully and I agree with you very much. This has provided a great help for my thesis writing, and I will seriously improve it. However, I don't know much about a certain place. Can you help me?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्वास्थ्यलाई राम्रो बनाउन सबैलाई स्वस्थ खानपानसँगै नियमित व्यायाम गर्न सुझाव दिँदै आएको स्वास्थ्य विज्ञहरूले अब राम्रो निद्रालाई बानीमा समावेश गरेका

तपाईँले संसारका सबै तालहरूको बारेमा सुन्नु भएको होला। कोही धेरै ठुला छन् र कोही धेरै साना र गहिरो आकारका छन्।

धेरै जनालाई घर सजाउने मन हुन्छ, जसका कारण घरमा हरियो बिरुवा रोपेर घरको सौन्दर्य बढाउँछन् । यसबाहेक, घरको बाल्कोनी पनि

यदि तपाईँ छालाको हेरचाहमा प्राकृतिक उत्पादनहरू समावेश गर्न चाहनुहुन्छ भने, एलोभेरा उपयुक्त हुन्छ। एलोभेरामा धेरै यस्ता गुणहरू छन् जुन छालाको