English

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



बुधबार अमेरिकी डलरसँगै युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ २० पैसा र बिक्रीदर १३२ रुपैयाँ ८० पैसा कायम गरिएको छ।

मंगलबार अमेरिकी डलरको खरिददर १३१ रूपैयाँ ७६ पैसा थियो भने बिक्रीदर १३२ रूपैयाँ ३६ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ ४४ पैसा बढेको हो। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १३९ रुपैयाँ २३ पैसा र बिक्रीमा १३९ रुपैयाँ ८६ पैसा पाइन्छ।

मंगलबार युरो एकको खरिददर १३१ रूपैयाँ ७६ पैसा थियो भने बिक्रीदर १३९ रूपैयाँ ७५ पैसा थियो। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ १५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८९ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ २९ पैसा र बिक्रीमा ८९ रुपैयाँ ६९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४२ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २ पैसा र बिक्रीमा ३६ रुपैयाँ १८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३६ रुपैयाँ १६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २९ रुपैयाँ ८५ पैसा र बिक्रीमा २९ रुपैयाँ ९८ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ७३ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ६९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५२ रुपैयाँ २७ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको