यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
बुधबार अमेरिकी डलरसँगै युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ २० पैसा र बिक्रीदर १३२ रुपैयाँ ८० पैसा कायम गरिएको छ।
मंगलबार अमेरिकी डलरको खरिददर १३१ रूपैयाँ ७६ पैसा थियो भने बिक्रीदर १३२ रूपैयाँ ३६ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ ४४ पैसा बढेको हो। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १३९ रुपैयाँ २३ पैसा र बिक्रीमा १३९ रुपैयाँ ८६ पैसा पाइन्छ।
मंगलबार युरो एकको खरिददर १३१ रूपैयाँ ७६ पैसा थियो भने बिक्रीदर १३९ रूपैयाँ ७५ पैसा थियो। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ १५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८९ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ २९ पैसा र बिक्रीमा ८९ रुपैयाँ ६९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४२ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २ पैसा र बिक्रीमा ३६ रुपैयाँ १८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३२ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३६ रुपैयाँ १६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २९ रुपैयाँ ८५ पैसा र बिक्रीमा २९ रुपैयाँ ९८ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ७३ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ६९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५२ रुपैयाँ २७ पैसा तोकिएको छ।
यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात










Skapa personligt konto
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://www.binance.com/sl/register?ref=GQ1JXNRE