English

औपचारिक कार्यक्रमको ढर्रा त्यागौँ : सांसद पौडेल



राष्ट्रिय सभाका सांसद डा. बिमला राई पौडेलले औपचारिक कार्यक्रमको पुरानो ढाँचालाई त्याग्दै प्रेस काउन्सिल नेपालले बेग्लै शैली अपनाएको भन्दै प्रशंसा गरेकी छन् ।

खासगरी सरकारी कार्यक्रम आयोजना हुँदा मञ्चलाई बोझिलो बनाएको, अतिथि वक्ता बढी राखी विषयवस्तुमा कम छलफल हुने गरेको भन्दै उनले सबैले छरितो ढङ्गले कार्यक्रम गर्नुपर्ने सुझाव राखिन् ।

‘यहाँ मैले कुनै मञ्च पनि देखिनँ, कुनै प्रमुख अतिथि र अतिथिहरूको लावालस्कर पनि देखिनँ । बोल्ने र सुझाव दिने सबै बराबरी र आमनेसामने पाएँ । हामी सबैले यस्तै गरौँ, पुरानो ढर्रा त्यागौँ’, लैङ्गिकमैत्री नीति निर्माण सम्बन्धमा मङ्गलवार काउन्सिलले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा सांसद पौडेलले भनिन् ।

कार्यक्रममा सहभागी वक्ता सांसदहरू, विज्ञ, सञ्चारकर्मी, सरोकारवाला सबैलाई समान ढङ्गले राखिएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवं सांसद सोविता गौतम, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलगायतले विषयवस्तुमाथि बोलेका थिए ।

सांसद थापाले प्रेस सम्बद्ध ऐन, कानुन, नियमावली र निर्देशिका परिमार्जनका लागि काउन्सिलले पहल लिनुपर्ने, त्यसमा संसदमा रहेर आफूहरूले प्रभावकारी भूमिका खेल्ने बताए ।

सांसद पौडेलले मिडियालाई जिम्मेवार नबनाई अहिलेको समस्या समाधान नहुने सुझाव राखिन् । सांसद गौतमले नयाँ संसदमा सञ्चार प्रबद्र्धनका लागि प्रभावकारी भूमिका खेल्ने दृढता राखिन् ।

यो पनि…
प्रेस काउन्सिलको ध्यान सामाजिक सञ्जालतिर
प्रेस काउन्सिलले वस्तुगत र विषयगत विधिमार्फत अनुगमन गर्ने



...
"oppna ett binance-konto

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

...
注册Binance

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.com/register?ref=IHJUI7TF

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested