English

आँखा सम्बन्धी सबै रोगको उपचार नेत्रधामबाट



काठमाडौंको खुसिबु नयाँबजारस्थित तुलाधर कम्प्लेक्समा नेत्रधाम आईकेयर सेन्टरको शाखा विस्तार भएको छ । शनिवार एक समारोहका माझ नेपालका पहिलो आँखा सर्जन प्रा. डा. राम प्रसाद पोखरेलले शाखाको उद्घाटन गरेका हुन् ।

शाखा उद्घाटनको समारोहमा ख्यातिप्राप्त नेत्र चिकित्सकहरूको उपस्थिति रहेको थियो । नेत्रधामले नयाँ शाखा उद्घाटनको अवसर पारेर एक दिने निःशुल्क आँखा तथा मधुमेह शिविरको समेत आयोजना गरेको थियो । अत्याधुनिक प्रविधिसहित अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट नेत्र रोग सम्बन्धी सेवा दिने उद्देश्यका साथ शाखा विस्तार गरिएको नेत्रधामका प्रबन्ध निर्देशक डा. सन्यम बजिमयले जानकारी दिए । उनका अनुसार नेत्रधामले अत्याधुनिक प्रविधिबाट आँखाको उपचार सेवा प्रदान गर्दै आएको छ ।

दुई महिना अघिदेखि निर्माण कार्य सुरु भएको उक्त शाखा दुई वटा फ्लोरमा फैलिएको छ । ‘यो नेत्रधामको पहिलो शाखा हो । आगामी ६ महिना भित्र हामी नयाँ शाखा विस्तार गर्छौ,’ नेत्र धामका दृष्टि विशेषज्ञ डा. पूर्ण रोक्काले भने ।

शाखामा ६ जना चिकित्सकसहित १५ जना बढी कर्मचारी छन् । ५० लाख बढी लगानीमा उक्त शाखा विस्तार गरिएको हो । शाखाबाट मोतिया विन्दु, रेटिना, पेडियाट्रिक अप्थाल्मोलोजी लगायत आँखा रोग सम्बन्धी सबै सेवाहरू प्रदान गरिने नेत्रधाम व्यवस्थापनले जनाएको हो ।

डा. रोक्काका अनुसार विशेष गरी पेडियाट्रिक अप्थाल्मोलोजिष्ट डा. संगीताश्रेष्ठ, जलविन्दु विशेषज्ञ डा. निरसरा श्रेष्ठ, डा. विभूति थापा, रेटिना विशेषज्ञ प्रा. डा. गोविन्द पौडेल, रेटिना विशेषज्ञ डा. वजीमय, एकुलोप्यालास्टिक सर्जन डा. दिवा हमाल र डा. प्रणव श्रेष्ठलगायतका चिकित्सकहरूले यहाँ सेवा दिनेछन् ।

कुपण्डोलमा मुख्य अस्पताल रहेको नेत्रधाम ९ औँ वर्ष पूरा गरेको अवसर पारेर नयाँ शाखा विस्तार गरिएको हो ।

यो पनि…
यसकारण नेत्रधाम विश्वासिलो बन्यो (भिडियो पनि)
नेत्रधामले गर्यो निशुल्क स्वास्थ्य जाँच र उपचार



...
binance kayit ol

Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

...
binance

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

...
binance "oppna konto

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested