English

नेत्रधामले गर्यो निशुल्क स्वास्थ्य जाँच र उपचार



स्वास्थ्य जनचेतना दिने उद्देश्यले एक दिने निशुल्क स्वास्थ्य जाँच तथा उपचार शिविर सम्पन्न भएको छ ।

शनिवार गुरुद्वारा गुरुनानक सत्सङ्ग, कुपण्डोलमा आयोजित उक्त स्वास्थ्य शिविर नेत्रधाम फाउण्डेशन, नेत्रधाम आई केयर प्रालि र ललितपुर महानगरपालिका वडा नम्बर १० कार्यालय,कुपण्डोल द्वारा संचालन गरिएको थियो ।

बिहान ८ बजेबाट संचालित उक्त शिविर दिउँसो ३ बजेसम्म गरिएको थियो । शिविरमा करिब पाँच सयभन्दा बढी सर्वसाधारणले स्वास्थ्य परिक्षण गराएका थिए ।

आँखा जाँचका लागि डा. संयम बजिमय र डा.संगीता श्रेष्ठको टोली सक्रिय थिए । त्यसैगरी नाक, कान, घाँटीका लागि डा. लुना माथेमाको टोली र मधुमेह थाईराइडका लागि फिजिसियन डा. दिपक मल्ल पनि सहभागी थिए ।

शिविरमा ३०५ जनाले आँखा जाँच, ११९ जनाले नाक/कान र घाँटी परिक्षण र ८२ जनाले मधुमेह,थाइराइड सम्बन्धी स्वास्थ्य जाँच गराएका थिए । शिविरमा निशुल्क मधुमेहको जाँच पनि गरिएको थियो । रगत जाँचका लागि विशेष छुटको पनि व्यवस्था थियो ।

उक्त स्वास्थ्य शिविरको लागि आर्थिक सहयोग नेत्रधाम फाउण्डेशनले गरेको थियो । स्वास्थ्य उपकरण, औषधि, चश्मा र प्राविधिक सहयोग नेत्रधाम आई केयरको तर्फबाट व्यवस्था गरिएको थियो । स्थलगत सहयोग र स्वास्थ्य स्वंयसेवक परिचालन भने वडा कार्यालय र गुरुद्वाराबाट भएको थियो ।

आँखा,स्वास्थ्य जाँचपछि आवश्यक थप उपचारको लागि बिरामीहरुलाई नेत्रधाम आई केयर सेन्टरमा व्यवस्था मिलाइएको थियो ।

नेत्रधाम फाउण्डेशनका अध्यक्ष तथा नेत्रधाम आई केयरका चिकित्सक डा.संयम बजिमयको नेतृत्वमा संचालन भएको उक्त स्वास्थ्य शिविर ललितपुर १० नम्बर वडाका आँखा रोगी तथा मधुमेह भएका बिरामीहरु र सर्वसाधारणलाई निशुल्क स्वास्थ्य सेवा दिन लक्षित गरिएको थियो ।

डा. बजिमयले स्वास्थ्य सबैको मौलिक अधिकार भएकोले नेत्रधाम फाउण्डेशनले सरकारी तथा गैरसरकारी संस्थासंगको समन्वयमा आगामी दिनमा पनि सामुदायिक स्वास्थ्य कार्यक्रमहरु ल्याउने प्रतिबद्धता जनाएका थिए ।

यो पनि…
यसकारण नेत्रधाम विश्वासिलो बन्यो (भिडियो पनि)
दूधमा घ्यू मिसाएर पिउँदा के हुन्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती