English

डलरको भाउ बढ्ने क्रमले पायो निरन्तरता



बुधबार पनि अमेरिकी डलरको भाउ बढेको छ। मंगलबार डलर ७५ पैसा बढेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४९ पैसा कायम गरिएको छ।

मंगलबार अमेरिकी डलरको खरिददर १३० रूपैयाँ ५७ पैसा थियो भने बिक्रीदर १३१ रूपैयाँ १७ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ ३२ पैसा बढेको हो। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १३८ रुपैयाँ ४४ पैसा र बिक्रीमा १३९ रुपैयाँ ७ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ५९ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९० पैसा र बिक्रीमा ९७ रुपैयाँ ३४ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ६२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३५ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ९ पैसा र बिक्रीमा ३६ रुपैयाँ २६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ८ पैसा र बिक्रीदर ३५ रुपैयाँ २४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार ३० रुपैयाँ १ पैसा र बिक्रीमा ३० रुपैयाँ १४ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ६७ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ६२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ४३ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको

‘स्ट्रिक्स प्रोफेसनल’ले आफ्नो नयाँ कलेक्सन ‘मर्कुरिअल’ सार्वजनिक गरेको छ । यो प्रदर्शनी विशेष गरी सैलुन व्यवसायी र हेयर स्टाइलिस्ट लक्षित