English

यस्तो छ आजको विनिमय दर



नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३० रुपैयाँ ५८ पैसा कायम गरिएको छ।

बुधवार एक अमेरिकी डलरको खरिददर १३० रूपैयाँ ४६ पैसा र बिक्रीदर १३१ रूपैयाँ ६ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ४८ पैसा घटेको हो। युरोपियन युरो एकको खरिदमा भने १३४ रुपैयाँ ८२ पैसा र बिक्रीमा १३५ रुपैयाँ ४४ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५६ रुपैयाँ १७ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८९ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ४२ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५० पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७३ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ३९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २९ रुपैयाँ २३ पैसा र बिक्रीमा २९ रुपैयाँ ३६ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४२२ रुपैयाँ ४४ पैसा र बिक्रीमा ४२४ रुपैयाँ ३९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३४६ रुपैयाँ ३७ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,