English

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



मंगलबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ३८ पैसा र बिक्रीदर १३० रुपैयाँ ९८ पैसा कायम गरिएको छ।

सोमबार अमेरिकी डलरको खरिददर १३० रूपैयाँ ४० पैसा थियो भने बिक्रीदर १३१ रूपैयाँ थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २ पैसा घटेको हो। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १३६ रुपैयाँ १८ पैसा र बिक्रीमा १३६ रुपैयाँ ८१ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ३२ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४२ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५८ रुपैयाँ २९ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर ३४ रुपैयाँ ८६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५० पैसा र बिक्रीमा ३५ रुपैयाँ ६६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ १० पैसा र बिक्रीमा २९ रुपैयाँ २४ पैसा पाइन्छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४२४ रुपैयाँ २१ पैसा र बिक्रीमा ४२६ रुपैयाँ १६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ४० पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो