English

सेयर बजारमा झिनो अंकको गिरावट



बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ। सेयर बजार केही दिनदेखि १९ सय बिन्दुकै वरिपरि घुमिरहेको छ। हाल बजारमा उत्साह नदेखिदा कारोबार रकम पनि सुस्त भइरहेको छ।

बुधबार नेप्से परिसूचक ३.५१ अंकले घटेको छ। आज नेप्से ३.५१ प्रतिशतले घटेर १९४९.८५ बिन्दुमा पुगेर बन्द भएको छ। नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात् मंगलबार ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज ८४ करोड २६ लाख ९५ हजार ३०१ रुपैयाँमा सीमित भएको छ।

आज २३८ वटा धितोपत्रको २३ लाख ५५ हजार ८४५ कित्ता सेयर किनबेच भएको छ। बुधबार ग्रीन लाइफ हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ। कम्पनीको सेयर मूल्य ४.१७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २५० रुपैयाँमा बन्द भएको छ।

त्यस्तै, खप्तड लघुवित्तको सेयर मूल्य ४ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३६९ रुपैयाँ कायम भएको छ। आज सेयर मूल्य सर्वाधिक घट्नेमा लक्ष्मी इक्विटी फण्ड रहेको छ। उक्त योजनाको इकाइ मूल्य ५.७६ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ३६ पैसामा झरेको छ।

त्यस्तै, वीन नेपाल लघुवित्तको सेयर मूल्य ४.४० प्रतिशतले घटेर प्रति सेयर मूल्य ९२७ रुपैयाँ ३० पैसामा बन्द भएको छ। बुधबार सर्वाधिक सेयर खरिद–बिक्री हिमालयन डिष्टिलरीको भएको छ। आज कम्पनीको तीन हजार ९७८ रुपैयाँमा ४ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.२० प्रतिशतले बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नबिल बैंक रहेकोे छ। उक्त कम्पनीको ८८२ रुपैयाँमा ४ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लघुवित्त र व्यापार समूहको परिसूचक ०.०१ र ०.८८ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ। आज वित्त समूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशतले घटेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,