English

सेयर बजारमा झिनो अंकको गिरावट



बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ। सेयर बजार केही दिनदेखि १९ सय बिन्दुकै वरिपरि घुमिरहेको छ। हाल बजारमा उत्साह नदेखिदा कारोबार रकम पनि सुस्त भइरहेको छ।

बुधबार नेप्से परिसूचक ३.५१ अंकले घटेको छ। आज नेप्से ३.५१ प्रतिशतले घटेर १९४९.८५ बिन्दुमा पुगेर बन्द भएको छ। नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात् मंगलबार ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज ८४ करोड २६ लाख ९५ हजार ३०१ रुपैयाँमा सीमित भएको छ।

आज २३८ वटा धितोपत्रको २३ लाख ५५ हजार ८४५ कित्ता सेयर किनबेच भएको छ। बुधबार ग्रीन लाइफ हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ। कम्पनीको सेयर मूल्य ४.१७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २५० रुपैयाँमा बन्द भएको छ।

त्यस्तै, खप्तड लघुवित्तको सेयर मूल्य ४ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३६९ रुपैयाँ कायम भएको छ। आज सेयर मूल्य सर्वाधिक घट्नेमा लक्ष्मी इक्विटी फण्ड रहेको छ। उक्त योजनाको इकाइ मूल्य ५.७६ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ३६ पैसामा झरेको छ।

त्यस्तै, वीन नेपाल लघुवित्तको सेयर मूल्य ४.४० प्रतिशतले घटेर प्रति सेयर मूल्य ९२७ रुपैयाँ ३० पैसामा बन्द भएको छ। बुधबार सर्वाधिक सेयर खरिद–बिक्री हिमालयन डिष्टिलरीको भएको छ। आज कम्पनीको तीन हजार ९७८ रुपैयाँमा ४ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.२० प्रतिशतले बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नबिल बैंक रहेकोे छ। उक्त कम्पनीको ८८२ रुपैयाँमा ४ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लघुवित्त र व्यापार समूहको परिसूचक ०.०१ र ०.८८ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ। आज वित्त समूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशतले घटेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested