English

१९५३.३५ बिन्दुमा पुग्यो सेयर बजार



मंगलबार सेयर बजार २.९९ अंकले बढेको छ। आज नेप्से परिसूचक ०.१५ प्रतिशतले बढेर १९५३.३५ बिन्दुमा पुगेर बन्द भएको छ। नेप्से परिसूचक बढे पनि आज कारोबार रकममा भने कमी आएको छ।

अघिल्लो कारोबार दिन अर्थात् सोमबार १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार ६१३ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँमा सीमित भएको छ। आज २३४ वटा धितोपत्रको २५ लाख ८९ हजार ९९७ कित्ता सेयर किनबेच भएको छ।

मंगलबार धैलागिरी लघुवित्तको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ। कम्पनीको सेयर मूल्य ६।१० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २६६ रुपैयाँमा बन्द भएको छ। त्यस्तै, गरिमा एनसिसी बैंकको सेयर मूल्य ५.०५ प्रतिशतले बढेर प्रति कित्ता मूल्य १८७ रुपैयाँ कायम भएको छ।

आज सेयर मूल्य सर्वाधिक घट्नेमा एनआइसी एशिया ब्यालेन्सड् फण्ड रहेको छ। उक्त योजनाको इकाइ मूल्य ४.६० प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ५१ पैसामा झरेको छ। त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्सड् फण्ड–१ को इकाइ मूल्य ३.६८ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ८६ पैसामा बन्द भएको छ।

मंगलबार सर्वाधिक सेयर खरिद–बिक्री हिमालयन डिष्टिलरीको भएको छ। आज कम्पनीको तीन हजार ९७० रुपैयाँमा ९ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नबिल बैंक रहेकोे छ। उक्त कम्पनीको ८७७ रुपैयाँमा ४ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ७ समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ। आज वित्त समूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशतले बढेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



...
创建免费账户

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

...
Registrera dig

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

...
Anm"al dig f"or att fa 100 USDT

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.com/ES_la/register?ref=VDVEQ78S

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested