सेयर बजारमा हरियाली
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ३२.४३ अंकले बढेको छ। आज नेप्से परिसूचक १.६८ प्रतिशतले बढेर १९६५.९८ बिन्दुमा पुगेर बन्द भएको छ।
नेप्से परिसूचक सँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार ९२ करोड ५१ लाख ७४ हजार ३८० रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज २ अर्ब २ करोड ५४ लाख ८९ हजार ५२ रुपैयाँमा पुगेको छ।
आज २३३ वटा धितोपत्रको ४२ लाख २३ हजार ८६७ कित्ता सेयर किनबेच भएको छ। आइतबार डिप्रोक्स लघुवित्तको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ। कम्पनीको सेयर मूल्य ८.२१ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ९७४ रुपैयाँमा बन्द भएको छ।
त्यस्तै, जीवन विकास लघुवित्तको सेयर मूल्य ७.४३ प्रतिशतले बढेर प्रति कित्ता मूल्य २ हजार ८२० रुपैयाँ कायम भएको छ।
आज सेयर मूल्य सर्वाधिक घट्नेमा एनएमबी हाइब्रिड फण्ड एल–१ रहेको छ। उक्त योजनाको इकाई मूल्य ३.११ प्रतिशतले घटेर प्रति इकाई मूल्य ९ रुपैयाँ २ पैसामा झरेको छ।
आइतबार सर्वाधिक सेयर खरिद–बिक्री हिमालयन डिष्टिलरीको भएको छ। कम्पनीले शुक्रबार ७० प्रतिशत लाभांश दिने घोषणा गरेसँगै सर्वाधिक सेयर खरिद–बिक्री भएको हो।
यस वर्ष कम्पनीले ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल ७० प्रतिशत लाभांश दिने निर्णय गरेको हो। आज कम्पनीको ४ हजार ६६ रुपैयाँमा ४५ करोड ४ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.४६ प्रतिशतले बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नबिल बैंक रहेकोे छ। उक्त कम्पनीको ८७६ रुपैयाँमा १२ करोड ३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.९८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
आज लघुवित्त समूहको परिसूचक सर्वाधिक ३.०७ प्रतिशतले बढेको छ। त्यस्तै, वित्त समूहको परिसूचक २.२३ प्रतिशत र उत्पादन तथा प्रशोधनको २.२१ प्रतिशतले बढेको छ। बाँकी सबै समूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ।
यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का










Binance注册
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.bh/futures/ref?code=GGYHGRE