English

दुई दिनको गिरावटपछि बढ्यो सेयर बजार



चुनावपछिका दुई कारोबार दिन ओरालो लागेको सेयर बजार तेस्रो दिन भने बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ११.५६ अंक बढेर १९३३.५५ विन्दुमा पुगेको छ।

त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ३.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८७ अंक बढेको छ। नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन १ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा आज २३२ स्टकको १८ हजार ४९५ पटकको कारोबारमा ९२ करोड ५१ लाख ७४ हजार रुपैयाँ बराबरको २५ लाख ६९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज घलेम्दी हाइड्रो र आरएमडिसी लघुवित्तको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्त वित्तीय संस्था र सिनर्जी पावर डेभलपमेन्टको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको किसान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य आज २.८९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक नै शीर्ष स्थानमा रहेको छ। सो बैंकको ७ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, आज हिमालयन डिष्टिलरीको करिब ७ करोडको सेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज निर्जीवन बीमा उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। आज विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको निर्जीवन बीमा उपसमूहको परिसूचक ०.०४ प्रतिशत घटेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,