English

सेयर बजारमा गिरावट



चुनावपछिको दोस्रो कारोबार दिन पनि सेयर बजार घटेको छ। अघिल्लो दिन घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।

बुधबार नेप्से परिसूचक ७.७२ प्रतिशत घटेर १९२१.९९ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.७० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब २२ करोडको सेयर कारोबार भएको बजारमा आज २२३ स्टकको १७ हजार ८७६ पटकको कारोबारमा १ अर्ब २ करोड २२ लाख रुपैयाँ बराबरको २८ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.८० प्रतिशत बढेको छ भने व्यापारको ०.२९ प्रतिशत बढेको छ। आज अन्य उपसमूहको परिसूचक सर्वाधिक ०.७८ प्रतिशत घटेको छ।

नेप्से घटेपनि दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज सिभिल बैंक र घलेम्दी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, आज जानकी फाइनान्स र पिपुल्स पावरको शेयरमूल्य ५ प्रतिशत भन्दा बढी बढेको छ। कारोबारमा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंक र नबिल ब्यालेन्स्ड फण्ड ३ को इकाईमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा आज नेपाल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको करिब १३ करोडको सेयर कारोबार भएको छ। त्यसैगरी, आज हिमालयन डिष्टिलरीको ११ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली