English

सेयर बजारमा गिरावट



चुनावपछि खुलेको सेयर बजार सुस्त देखिएको छ। मंगलबार नेप्से सूचकका साथै कारोबार रकम पनि घटेको छ।

आज नेप्से सूचक ७.१३ अंकले घटेर १९२९.७१ विन्दुमा झरेको छ भने ३७ लाख ६३ हजार ८३६ कित्ता सेयर अर्थात १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँको सेयर कारोबार भएको छ।

आज जेविल्स फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै ६.२३ प्रतिशतले बढेको छ भने खप्तड लघुवित्तको ३.९९ प्रतिशत, धौलागिरी लघुवित्तको ३.९७ प्रतिशत र सयपत्री हाइड्रोपावरको ३.८ प्रतिशतले बढेको छ।

यता युनिलिभर नेपालको सबैभन्दा धेरै ५.५८ प्रतिशत घटेको छ भने सिक्लेश हाइड्रोपावरको ४.४८ प्रतिशत, दोर्दी हाइड्रोपावरको ४.४४ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको ४।३५ प्रतिशतले घटेको छ।

यता नेपाल बैंकको सबैभन्दा धेरै १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने रिडी हाइड्रोपावरको ८ करोड ६७ लाख, हिमालयन डिस्टिलरीको ८ करोड ५९ लाख र शिवम् सिमेन्टको ८ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमा दुई उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



...
bonus di registrazione binance

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested