बढ्यो सुन–चाँदीको मूल्य
नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन प्रतितोला एक सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात










skapa binance-konto
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.com/register/person?ref=GGYHGRE