घट्यो सुनको मूल्य
मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। सोमबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात










skapa ett binance-konto
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.