English

कपाल लामो बनाउन मेथी र कालो जीराको प्रयोग



मेथी र कालो जीरा हेयर मास्कः यदि तपाईँ कपाल लामो बनाउन विभिन्न प्रकारका तेल र स्याम्पु प्रयोग गरेर थकित हुनुहुन्छ भने तपाईँले हप्तामा एक पटक यी टिप्स अपनाउनु आवश्यक छ।

कपाल झर्नु कपालको धेरै समस्या मध्ये एक हो। कतिपय महिलालाई लामो कपाल मन पर्छ । तर, आजकल व्यस्त जीवनशैलीका कारण प्राय महिलाले आफ्नो कपालको उचित हेरचाह गर्न सक्दैनन् । यस्तो अवस्थामा, तपाईँले आफ्नो लागि एक साधारण हेयर मास्क बनाउन सक्नुहुन्छ।

हेयर मास्क बनाउन आवश्यक सामाग्री :

मेथी
कालो जीरा
करी पत्ता
दही

प्याक कसरी बनाउने ?

यसका लागि तीन वटै कुरालाई राम्ररी मिसाउनुहोस्। यसलाई राम्ररी पिस्नुहोस्। त्यसपछि एउटा भाँडोमा निकालेर त्यसमा दही हाल्नुहोस्। राम्रोसँग गाढा पेस्ट बनाउनुहोस्। तपाईँले यो पाउडरलाई हेयर मास्क, हेयर स्प्रे वा आफ्नो तेलमा मिसाएर प्रयोग गर्न सक्नुहुन्छ।

कसरी प्रयोग गर्ने ?

स्याम्पु गर्नु अघि कपालमा लगाउनुहोस्। त्यसपछि यसलाई १५–२० मिनेटको लागि छोड्नुहोस्। अब स्याम्पुले कपाल धुनुहोस्। यो मास्कले तपाईँको कपाललाई नरम र चम्किलो बनाउनेछ।

यो पनि…
कपाल झर्न रोक्ने पाँच प्राकृतिक उपाय जसले नयाँ कपाल उमार्न पनि सहयोग गर्छ
मोटोपना घटाउन के खाने के नखाने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो