जेरी र शंकर क्षेत्रीको सम्बन्ध विच्छेद



लोक गायिका बबिता बानियाँ ‘जेरी’ र गायक शंकर क्षेत्रीको सम्बन्ध विच्छेद भएको छ । उनीहरूले बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर सम्बन्ध विच्छेद गरेका हुन्।

उनीहरूबीच बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको छ।

सम्बन्ध विच्छेद गरेपछि बबिता बानियाँ ‘जेरी’ले मिडियासँग कुराकानी गर्दै पैसाको कुरामा मतभेद भएको बताएकी छन्।

‘उहाँले मलाई भन्दा पनि मैले कमाउने पैसालाई प्रेम गर्नु भएको रहेछ। मैले कमाएको पैसा उहाँको आमाछोराको नाममा राख्नु पर्ने बाध्यता थियो। पैसाकै कारण आज हामी यो स्थितिमा पुग्यौं।’ उनले भनेकी छन् ‘तँ सँग विवाह गरेर मेरो बदनाम भयो। मलाई कस्ता–कस्ता केटीले कुरेर बसेका थिए। न उमेर मिल्ने, न रुपरंग मिल्ने यस्तोसँग फसे भन्दै मानसिक यातना दिइरहनु हुन्थ्यो,’ उनले भनेकी छन्।

जेरी र शंकरले २०७६ माघ १ गते विवाह गरेका थिए।



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

आसन्न मंसिर ४ को चुनावलाई लक्षित गरी नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी गीत सार्वजनिक भएको छ । बुधाबार ‘हाइहाइ

यति बेला देश निर्वाचनमय बनेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब ९ दिन मात्रै बाँकी छ । निर्वाचन

समाजसेवी अमृत दोर्जे (कान्छा लामा) द्वारा लिखित आत्मकथा ‘पर्खाइ’ को विमोचन गरिएको छ । सोमबार बुढानीलकण्ठस्थित हातीगौँडामा भएको कार्यक्रममा नेकपा

गायक प्रकाश दूतराजले आत्महत्या प्रयास गरेका छन् । सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलियाको ब्रिसबेन पुगेका उनले आफू बसेको होटलमै झुण्डिने प्रयास

Suggested