English

कोप–२७ : जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको पीडा वृत्तचित्रमा



इजिप्टको शर्म एल शेख सहरमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी २७ औँ अन्तर्राष्ट्रिय महासम्मेलन (कोप २७) मा नेपालको वृत्तचित्र प्रदर्शन गरिएको छ ।

भ्वाइस फर क्याइमेट जस्टिस् शीर्षकको वृत्तचित्रमा नेपालका उच्च हिमालय, मध्य पहाडदेखि तराईमा जलवायु परिवर्तनको असरले पुर्याएको मुख्य क्षति समेटिएको छ ।

महासम्मेलनमा नेपालको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको नेतृत्वमा वन, तथा वातावरणविद्सहितको टोली सहभागी रहेको छ । नेपालको प्रतिवेदनसँगै साथसाथै फाउण्डेसनले तयार गरेको वृत्तचित्र देखाइएको हो । उक्त वृत्तचित्रको लेखन तथा निर्देशन प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले गरेका हुन् ।

वृत्तचित्रमा सर्वोच्च शिखर सगरमाथासहितका हिमालहरूमा हिउँ कमी भएको, बाक्लो हिमनदी पग्लिएर भएको क्षति, बाढी पहिरो, बेमौसमी वर्षाले धनजन, अन्नबालीमा पुर्याएको क्षति समेटिएको छ । गत वर्ष मार्च ८ मा विभिन्न क्षेत्रका अगुवा ४० जना महिलाले गरेको सगरमाथा आधार शिविर, काला पत्थरसम्मको पैदल यात्रा, सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा बाढी पहिरोको दर्दनाक दृश्य देखि डोल्पामा यसै वर्ष वर्षाले पुर्याएको क्षति त्यसमा समावेश छ ।

महासम्मेलनमा सहभागी साथसाथै फाण्डेसनका अध्यक्ष प्रजिता कार्कीले नेपालमा भएको हानी नोक्सानी र क्षति प्रदर्शन गरी विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले यो वृत्तचित्र निर्माण भएको बताइन् ।

prajeeta karki
प्रजिता कार्की
अध्यक्ष, साथसाथै फाउन्डेसन

अत्यन्तै न्यून कार्बन उत्पादन हुने नेपालमा जलवायु परिवर्तनको क्षति भने अतुलनीय छ । नेपालमा भएको हानी नोक्सानी र क्षतिपूर्तिका लागि ठूला मुलुकको ध्यानाकर्षण गराउन यो वृत्तचित्रले भूमिका खेल्छ ।

‘अत्यन्तै न्यून कार्बन उत्पादन हुने नेपालमा जलवायु परिवर्तनको क्षति भने अतुलनीय छ । यो सम्मेलनमा हानी नोक्सानी र जलवायु कोषको समेत मुद्दा छ । नेपालमा भएको हानी नोक्सानी र क्षतिपूर्तिका लागि ठूला मुलुकको ध्यानाकर्षण गराउन यो वृत्तचित्रले भूमिका खेल्छ भन्ने विश्वास लिएको छु,’ अध्यक्ष कार्कीले भनिन् ।

वृत्तचित्र वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, प्रकृति संरक्षण कोषसहितको समन्वय र सहकार्यमा निर्माण भएको उक्त संस्थाले जनाएको छ । राइज मिडिया नेटवर्कले निर्माण गरेको यो वृत्तचित्र प्रदर्शनपछि सहभागीबीच अन्तरक्रिया समेत राखिएको थियो ।

निर्देशक बस्नेतले प्राकृतिक विपत्तिले नेपाल र नेपालीले बेहोर्नुपरेको क्षति मात्र नभै आवाजविहीन पीडितलाई न्यायको वकालत गरिएको बताए ।

यो वृत्तचित्रले हानी नोक्सानी मात्र देखाएको छैन । विपत्ति भोगिरहेको नेपाल र यहाँ प्रत्यक्ष पीडित जनतालाई क्षतिपूर्ति र पुन निर्माणका लागि विश्वले ध्यानाकृष्ट गरेको छ ।

बालकृष्ण बस्नेत
अध्यक्ष, प्रेस काउन्सिल नेपाल

‘यो वृत्तचित्रले हानी नोक्सानी मात्र देखाएको छैन । विपत्ति भोगिरहेको नेपाल र यहाँ प्रत्यक्ष पीडित जनतालाई क्षतिपूर्ति र पुन निर्माणका लागि विश्वले ध्यानाकृष्ट गरेको छ,’ बस्नेतले भने ।

त्यस्तै, सम्मेलनमा नेपाल सरकारले जलवायु परिवर्तनका कारण सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रका सर्वसाधारणले भोगिरहेका समस्याहरूको उत्थान गरिदिनु पर्ने र अन्तर्राष्ट्रिय समुदायले त्यी समस्याहरूको सम्बोधन गरिदिनु पर्ने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मो बताउँछन् ।

जलवायु परिवर्तनमा हेलम्बुवासीको कुनै पनि सहभागिता छैन, उनीहरूले भोगिरहेको प्रकोपको न्यूनीकरण र क्षतिपूर्तिको व्यवस्था अन्तर्राष्ट्रिय समुदायले गर्नुपर्छ ।

निमा ग्याल्जेन ह्योल्मो
अध्यक्ष, हेलम्बु गाउँपालिका

‘जलवायु परिवर्तनले हेलम्बुमा मौसमी विविधता ल्याएको छ, पहिले उत्पादन हुने अन्नबाली अहिले उत्पादन हुन छोडेको छ, पहिले फल्ने स्याउ अहिले फल्न छोडेको छ । यसका साथै वर्षेनी आउने बाढी पहिरोले अर्बौंको जनधनको क्षति गरेको छ ।’ उनी भन्छन् ‘सरकारले कोप सम्मेलनमा यस्ता समस्याहरू उत्थान गरिदिनु पर्छ । जलवायु परिवर्तनमा हेलम्बुवासीको कुनै पनि सहभागिता छैन, उनीहरूले भोगिरहेको प्रकोपको न्यूनीकरण र क्षतिपूर्तिको व्यवस्था अन्तर्राष्ट्रिय समुदायले गर्नुपर्छ ।’

यो पनि…
कोप–२७ : हानि नोक्सानी मुद्दामा नेपालको छुट्टै एजेन्डा
जलवायु परिवर्तनको चुनौती सामना गर्न संयुक्त अभियान



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested