English

गायक प्रकाश दूतराजद्वारा आत्महत्याको प्रयास



गायक प्रकाश दूतराजले आत्महत्या प्रयास गरेका छन् । सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलियाको ब्रिसबेन पुगेका उनले आफू बसेको होटलमै झुण्डिने प्रयास गरेका हुन् ।

उक्त घटना स्थानीय समयानुसार आइतबार मध्यरातमा भएको जनाइएको छ । गायिका भूमिका गिरीसहित दूतराज कन्सर्टको लागि अष्ट्रेलियामा छन् । आयोजकले उनीहरुलाई एउटै फ्ल्याटमा राखेको छ ।

दूतराजले सलको पासो लगाएर झुण्डिने प्रयास गरेका थिए । सोही क्रममा उनी बसेको ढोका पनि खुल्लै भएको जनाइएको छ । कोठाबाट आवाज आएपछि गायिका गिरीले दूतराजको कोठामा पसेर उद्धार गरेकी थिइन् ।

दूतराज अहिले सामान्य अवस्थामा छन् । उनले आत्महत्या प्रयास गुर्नको कारण खुलेको छैन । सिड्नीमा हुन लागेको एक सांगीतिक कार्यक्रमपछि दूतराज र भूमिका गिरी नेपाल फर्कने तयारीमा छन् ।

दूतराजका जाम भो माइली, घर कता हो बैनीको, चोली मैलै भो, मन भुल्छ लगायत गीत चर्चित छन् । केही दिनअघि रिलिज भएको उनको गीत ‘देउरालीमा’ पनि निकै रुचाइएको छ ।

यो पनि…
गौरी मल्ल–सरोज खनाल : मित्रताको कसिलो डोरी
अभिनेत्री गौरी मल्लका फ्यान : जन्मदिनमा केक काट्नेदेखि सुटिङ भाड्नेसम्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती