English

प्लान्ट नहुँदा अक्सिजन बाहिरबाट किन्ने बाध्यता



वीरगञ्जको नारायणी अस्पतालमा अक्सिजन प्लान्ट नभएकाले अहिले अर्कै जिल्लाबाट किन्नुपर्ने बाध्यता रहेको छ । दोश्रो चरणको कोरोनाको प्रकोप यहाँ ह्वात्तै बढेपछि अक्सिजन प्लान्ट राख्नुपर्ने आवाज उठिरहेको छ ।

नारायणी अस्पतालमा अक्सिजनका १०० सिलिन्डर मौज्दात अवस्थामा रहे पनि कुनैपनि बेला अभाव हुन सक्ने भएकाले यहाँ अक्सिजन प्लान्ट अति आवश्यक रहेको अस्पताल विकास समितिका सदस्य सुरेन्द्र गुप्ताले बताए ।

पर्सा क्षेत्र नम्बर–२ का सांसद विमल श्रीवास्तावले आफ्नो संसदीय विकास कोषबाट अक्सिजन प्लान्ट राख्न दुई करोड रुपैयाँ वीरगञ्ज महानगरपालिकालाई उपलब्ध गराएका थिए । तर, हालसम्म सो प्लान्ट स्थापना हुन नसकेकाले जुनसुकै बेला समस्या आउन सक्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार ठाकुर बताउँछन् ।

पर्सा क्षेत्र नम्बर–२ का सांसद विमल श्रीवास्तावले आफ्नो संसदीय विकास कोषबाट अक्सिजन प्लान्ट राख्न दुई करोड रुपैयाँ वीरगञ्ज महानगरपालिकालाई उपलब्ध गराएका थिए । तर, हालसम्म सो प्लान्ट स्थापना हुन सकेको छैन ।

मुख्य अक्सिजन सप्लायर्स भाजुरत्नले सप्लाई दिन नसकेको खण्डमा समस्या आउने जनाउँदै मेसु ठाकुरले अस्पतालले आफ्नो खर्चमा अक्सिजन प्लान्ट राख्ने सोच बनाए पनि काम अघि बढ्न सकेको छैन । सप्लायर्सले प्रत्येक दुई घण्टामा मागअनुसारको अक्सिजन सिलिन्डर पठाउने गरेकाले हाल सोको अभाव देखिएको छैन । जटिल अवस्था नभएका कोरोना संक्रमित बिरामीलाई होम आइसोलेसनमा जान आग्रह गरिए पनि उनीहरू घर जान नमान्दा त्यस्ता बिरामीलाई पनि अक्सिजन दिनुपर्ने भएकाले अक्सिजनको बढी दुरुपयोग हुने गरेको बताइएको छ ।

संघीय सरकारले निजी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि बेड थप्ने भनेर रकम पठाए पनि केही अस्पतालले शैया नथपेकाले नारायणी अस्पतालमा बिरामीको चाप बढ्दो छ । अहिले नारायणी अस्पतालमा बिरामीको कोभिडका विरामी उपचार गर्न ४० शैया छुट्ट्याइएको छ । यसमध्ये ३१ शैयामा कोरोना संक्रमित बिरामी उपचाररत रहेको अस्पतालका मेसु डा ठाकुरले जनाए । रासस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested