English

पन्तको उपचारका लागि सहयोग आह्वान



विगत तीन वर्षदेखि दुबईमा थलिएका सुवास पन्त शनिबार नेपाल फर्किएका छन् । कानुनी रूपबाट बिरामीको अभिभावकत्व र बिरामीको उपचार गर्ने अधिकार पाएका पशुपति खड्काले कात्तिक ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिरामीको अभिभावकलाई जिम्मा लगाएका हुन् ।

काभ्रेपलान्चोक जिल्ला भुल्भु गाउँपालिका १ घर भई भएका २६ वर्षीय पन्त सन् २०१८ मे मा काठमाडौँस्थित अल समा इन्टरनेसनल प्रा।लीद्वारा वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका थिए । उनी दुबई स्थित किब्सन्स इन्टरनेसनल यल यल सि कम्पनीमा आइ सेल्स तथा पक्किङ को काम गर्दै आएका थिए । उनी सन २०२० जनवरीमा डिटीबाट कम्पनीको होस्टेल जाने क्रममा अचानक कारले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

दुर्घटनाको अपुस्त सूचनालाई पछ्याउँदै नाताले भाइ पर्ने सिन्धुपाल्चोक जिल्ला, मेलम्ची नगर पालिका वडा न १५ स्थायी घर भई विगत १४ वर्षदेखि दुबईस्थित आजामन पब्लिक ट्रान्स्पोर्ट् कम्पनीमा कार्यरत युएई आरसिसी आजामनका उपाध्यक्ष तथा समाजसेवी पशुपति खड्का एक हप्ताको निरन्तर प्रयासपछि पन्तलाई भेट्न पुगे । पन्त सेख रसिद अस्पतालको आइसियु कक्षमा अचेत अवस्थामा उपचाररत भेटिए ।

खड्काले उपचारका क्रममा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन् । उनले बिरामीको पारिवारिक अवस्था नाजुक भएकोले आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्, साथै उनले बिरामीको आमा बिमला पन्तको बैंक अफ काठमाडौँ मा रहेको खाता नम्बर १५१४०००००४८३५२४ मा सहयोग रकम जम्मा गरिदिन समेत आग्रह गरेका छन् ।

तस्बिर सौंजन्य : दिनेश चन्द्र त्रिपाठी

यो पनि…
गायिकाद्वय अस्मिता र रीतालाई सन्त राजभण्डारीको आर्थिक सहयोग हस्तान्तरण
सगरमाथा चढ्न वि विल राइजद्वारा आङरिताका नातिलाई आर्थिक सहयोग



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested