सन्दीपलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति
क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले थप २ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंले थप दुई दिन हिरासतमा राख्न म्याद दिएको हो ।
यसअघि जिल्ला अदालत काठमाडौंले असोज २४ गते २० गतेबाट गणना हुने गरी ७ दिनको म्याद दिएको थियो । त्यसपछि असोज ७ गते दोस्रो पटक पुनः ७ दिन म्याद थप गरेको थियो । कात्तिक २ गते थप चार दिनको म्याद अदालतले प्रहरीलाई दिएको थियो ।
गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । उनको उजरीमा सन्दीपले आफूलाई भदौ ५ गते गाडीमा राखेर नगरकोट पुर्याएको र सोही दिन राति तिलगंगाको एक होटलमा राखेर बलात्कार गरेको उल्लेख छ । बलात्कारको उजुरी पर्दा सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न नेपाल बाहिर थिए ।
यो पनि…
सन्दीप लामिछानेले नाबालिगलाई पटकपटक बलात्कार गरेको जाहेरी
सन्दीपविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी
क्यान भन्छ–सन्दीप आरोपित मात्रै हुन्, सहयोग गर्छौं










Binance推荐奖金
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://www.binance.com/register?ref=GGYHGRE