English

क्यान भन्छ–सन्दीप आरोपित मात्रै हुन्, सहयोग गर्छौं



एक किशोरीविरुद्ध बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)लाई कानुनी सहयोग गर्दिन आग्रह गरेका छन् ।

लामिछानेले क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लसँग उक्त आग्रह गरेका हुन् । कार्यवाहक सचिव मल्लले सन्दीपसँग सम्पर्क भएको स्वीकारेका छन् । सन्दीपले क्यान समक्ष आफू निर्दोष रहेको बताएको उनले जनाए ।

‘क्यानलाई सन्दीपले आफू निर्दोष भएको बताएका छन् । कानुनी उपचारका लागि क्यानले सहयोग गर्नु पर्यो भनेका छन् । सन्दीपले क्यानलाई वकिल खोजिदिन आग्रह गरेका छन्,’ मल्लले न्युज कारखानासँग भने ।

राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका सन्दीपले एक किशोरीमाथि जवरजस्ती करणी गरेको अभियोग लागेपछि नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ । टी–२० र एकदिवसीय शृंखलाका लागि केन्या प्रस्थान गर्नुअघि भदौ ५ गते ती किशोरीलाई जवरजस्ती करणी गरेको आरोप सन्दीप माथि छ ।

आरोप लाग्दैमा उबाट हामी टाढा भयौं भने बाँकी खेलाडीले हामीलाई कसरी विश्वास गर्ने ? सन्दीप आरोपित मात्रै हुन् । सन्दीपलाई हामीले सहजीकरण नगरे अरु खेलाडीको मानसिकता के हुन्छ । हामीलाई पर्दा भाग्दो रहेछ भन्ने खेलाडीमा नजिर बन्छ ।

कार्यबहाक सचिव मल्लले सन्दीपलाई आरोपमात्रै लागेको र संस्थागत रुपमा क्यानले एक खेलाडीलाई पर्दा आवश्यक सहयोग गर्ने बताए ।

‘उ हाम्रो खेलाडी हुन्,’ मल्लले भने, ‘आरोप लाग्दैमा उबाट हामी टाढा भयौं भने बाँकी खेलाडीले हामीलाई कसरी विश्वास गर्ने ? सन्दीप आरोपित मात्रै हुन् । सन्दीपलाई हामीले सहजीकरण नगरे अरु खेलाडीको मानसिकता के हुन्छ । हामीलाई पर्दा भाग्दो रहेछ भन्ने खेलाडीमा नजिर बन्छ,’ मल्ले भने ।

सन्दीप हाल भने क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट विन्डिज छन् । उनले क्यानलाई प्रतियोगिता सक्काएर फर्कने प्रतिवद्धता जनाएका छन् ।

यो पनि…
सन्दीप लामिछानेले नाबालिगलाई पटकपटक बलात्कार गरेको जाहेरी
पल-समिक्षा : तनहुँको एउटा कोठादेखि प्रहरी अड्डासम्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested