English

पूरा भयो एन्फा कार्यसमिति



सदस्य पदमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) को २१ सदस्यीय कार्यसमिति पूरा भएको छ । असार ६ गते सम्पन्न चुनावमा चार सदस्य पदका प्रत्यासीको समान ३९ भोट आएपछि दुई सदस्यको टुङ्गो लागेको थिएन ।

बुधबार त्रिपुरेश्वरमा भएको विशेष साधारण सभाबाट सदस्य पदको पुनः निर्वाचनमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा प्यालनका अधिकारी र अध्यक्ष पंकजविक्रम नेम्वाङ प्यानलका धिमाल विजयी भएका हुन् ।

विजयी अधिकारी र धिमालले क्रमशः ५४ र ४७ मत प्राप्त गर्दा पराजित शेर्पा प्यालनकै लोकन्द्र गुरुङले ४५ र दीपक थापाले ७ मत प्राप्त गरे ।

असारमा सम्पन्न चुनावबाट अध्यक्ष पदमा नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, चार उपाध्यक्षहरू दीर्घबहादुर केसी, विराटजंग शाही र दीपक खतिवडा र दावा लामा निर्वाचित भएका थिए । यस्तै, महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा लामा विजयी भएका थिए ।

खुला सदस्यमा मनिष जोशी, रमेश व्यञ्जनकार, टीका लामा, अनिल मल्ल, रवीन्द्र चन्द, भोजराज शाही, पुरुषोत्तम थापा, महेन्द क्षेत्री, भरत बुड थापा, मणिराज विष्ट विकासनारायण श्रेष्ठ निर्वाचित भएका थिए ।

यो पनि…
अब्दुल्लाहले बाहिर राखेका खेलाडीलाई हुमागाईंले गराए कमब्याक
गौरव थापा भन्छन्– एन्फाभित्रको षड्यन्त्रमा मेरो नाम जोडिनु दुःखद्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested