English

यी हुन् यौन क्रियाकलापले मानसिक स्वास्थ्यमा हुने फाइदा



पार्टनरसँग वा हस्तमैथुनद्वारा गरिने यौन क्रियाकलापले महत्वपूर्ण मनोवैज्ञानिक तथा भावनात्मक लाभहरू प्रदान गर्छ । साथै, यौनले व्यायामले जस्तै तनाव र चिन्ता घटाउँदै खुशी विकास गर्छ ।

अध्ययहरूका अनुसार यौनले मानसिक स्वास्थ्यका साथै सन्तुष्टिमा वृद्धि गर्छ । त्यस्तै सम्बन्धमा विश्वास, घनिष्टता र माया पनि बढाउँछ । भावना पहिचान गर्ने, एकअर्कालाई बुझ्ने र व्यक्त गर्ने क्षमता सुधार हुन्छ । अपरिपक्व मनोवैज्ञानिकतामा पनि कमी आउँछ र भावनात्मक द्वन्दबाट सिर्जित तनावहरू पनि बिस्तारै घट्न थाल्छन् ।

बढ्दो उमेरमा नियमित यौन सम्पर्कले स्वास्थ्य र स्मरण क्षमतामा ताजकीपन दिनसक्छ । विशेषगरी, ५० देखि ९० वर्ष उमेरसमूहका वृद्धवृद्धाहरू यौन क्रियाकलापमा सक्रिय रहने हो भने उनीहरूको स्मृति क्षमता राम्रो हुन्छ । साथै उनीहरूले एक्लो र निराश पनि महशुस नगर्ने अध्ययनहरूले देखाएका छन् ।

आत्मविश्वासमा वृद्धि

यौन क्रियाकलापमा सक्रिय हुनेहरुमा आत्मविश्वासमा वृद्धि गराउँछ । यसले बुढ्यौलीपनालाई पनि धकेल्दै लैजाने अनुसन्धानले पुष्टि गरेको छ । यौनसम्पर्कमा सक्रिय रहनेहरु अन्यको तुलनामा ७ देखि १२ वर्ष बढी जवान देखिन्छन् ।

सामाजिक फाइदा

यौनजन्य क्रियाकलापले शरीरमा अक्सिटिन हर्मोन उत्पादन हुन्छ । यो हर्मोनलाई मायाको हर्मोन भनेर पनि चिनिन्छ । यसले सम्बन्ध विकासमा अहम् भुमिका निर्वाह गर्छ । अटुट र आपसी यौन खुशीले सम्बन्धमा बलियो गाँठो कसिन्छ । साथै, सम्बन्धमा नकारात्मक विचारहरु हटेर सकारात्मक विचारहरुको प्रादुर्भाव हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested