English

यी हुन् यौन क्रियाकलापले मानसिक स्वास्थ्यमा हुने फाइदा



पार्टनरसँग वा हस्तमैथुनद्वारा गरिने यौन क्रियाकलापले महत्वपूर्ण मनोवैज्ञानिक तथा भावनात्मक लाभहरू प्रदान गर्छ । साथै, यौनले व्यायामले जस्तै तनाव र चिन्ता घटाउँदै खुशी विकास गर्छ ।

अध्ययहरूका अनुसार यौनले मानसिक स्वास्थ्यका साथै सन्तुष्टिमा वृद्धि गर्छ । त्यस्तै सम्बन्धमा विश्वास, घनिष्टता र माया पनि बढाउँछ । भावना पहिचान गर्ने, एकअर्कालाई बुझ्ने र व्यक्त गर्ने क्षमता सुधार हुन्छ । अपरिपक्व मनोवैज्ञानिकतामा पनि कमी आउँछ र भावनात्मक द्वन्दबाट सिर्जित तनावहरू पनि बिस्तारै घट्न थाल्छन् ।

बढ्दो उमेरमा नियमित यौन सम्पर्कले स्वास्थ्य र स्मरण क्षमतामा ताजकीपन दिनसक्छ । विशेषगरी, ५० देखि ९० वर्ष उमेरसमूहका वृद्धवृद्धाहरू यौन क्रियाकलापमा सक्रिय रहने हो भने उनीहरूको स्मृति क्षमता राम्रो हुन्छ । साथै उनीहरूले एक्लो र निराश पनि महशुस नगर्ने अध्ययनहरूले देखाएका छन् ।

आत्मविश्वासमा वृद्धि

यौन क्रियाकलापमा सक्रिय हुनेहरुमा आत्मविश्वासमा वृद्धि गराउँछ । यसले बुढ्यौलीपनालाई पनि धकेल्दै लैजाने अनुसन्धानले पुष्टि गरेको छ । यौनसम्पर्कमा सक्रिय रहनेहरु अन्यको तुलनामा ७ देखि १२ वर्ष बढी जवान देखिन्छन् ।

सामाजिक फाइदा

यौनजन्य क्रियाकलापले शरीरमा अक्सिटिन हर्मोन उत्पादन हुन्छ । यो हर्मोनलाई मायाको हर्मोन भनेर पनि चिनिन्छ । यसले सम्बन्ध विकासमा अहम् भुमिका निर्वाह गर्छ । अटुट र आपसी यौन खुशीले सम्बन्धमा बलियो गाँठो कसिन्छ । साथै, सम्बन्धमा नकारात्मक विचारहरु हटेर सकारात्मक विचारहरुको प्रादुर्भाव हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले