English

वैवाहिक जीवनलाई कसरी सुखमय बनाउने ?



वैवाहिक जीवनको आधार भनेको माया, समय र विश्वासमा टिकेको हुन्छ । वैवाहिक जीवनमा सधैं खुशी मात्र मिल्छ भन्ने हुँदैन । यसलाई सुखमय बनाउन तपाईंलाई लगातार प्रयास गर्नुपर्ने हुन्छ । वैवाहिक जीवनलाई हाम्रो स–सानो बानीले पनि ठूलो प्रभाव पारेको हुन्छ । यदि तपाईंको बानी राम्रो छ भने जीवनसाथीको नजिक हुनुको साथै सम्बन्ध पनि बलियो हुन्छ । आज हामी यस्तो ४ बानीको बारेमा कुरा गर्छौ, जुन बानी राम्रो भयो भने तपाईंको वैवाहिक जीवन सुखमय हुनेछ ।

यदि दुई जनाको बीचमा राम्रो संवाद भयो भने तनाव पनि कम हुन्छ । एक अर्काप्रति भरोसा पनि बढ्छ र दुवैको सम्बन्ध राम्रो हुन्छ ।

संवाद

तपाईंको विवाह भएको लामो समय भइसक्यो भने एकापसमा हने संवादले निकै ठूलो भूमिका खेलेको हुन्छ । आफ्नो बारेमा प्रायः सबै कुरा एक अर्कालाई बताउनु पर्ने हुन्छ । घरमा आज के भयो, अफिसमा के भयो जस्ता कुरा एक अर्कालाई बताउनु भयो भने माया तथा एक अर्काप्रति लगाव बढ्छ । यसको साथै परिवार तथा साथीहरुको बारेमा पनि कुरा गर्न सकिन्छ । जीवनको राम्रो नराम्रो कुरा, संघर्ष र सफलताको बारेमा पनि कुरा गर्न सकिन्छ । यदि दुई जनाको बीचमा राम्रो संवाद भयो भने तनाव पनि कम हुन्छ । एक अर्काप्रति भरोसा पनि बढ्छ र दुवैको सम्बन्ध राम्रो हुन्छ ।

आत्मीयता

आफ्नो पार्टनरसँग शारीरिक तथा मानसिक रुपमा आत्मीयता बढाउनुहोस् । तपाईंको पार्टनरलाई यति भरोसा होस् कि उ आफूलाई तपाईसँग सुरक्षित महसुस गरोस् र आफ्नो मनको कुरा तपाईसँग खुलेर गर्न सकोस् । तपाईंहरुले एक अर्काको शारीरिक आवश्यकता पनि पनि राम्रोसँग बुझने कोशिस गर्नुपर्छ । यसले तपाईंहरु बिचको सम्बन्ध अझ बलियो हुनेछ । जब तपाईंहरु बीचको शारीरिक सम्बन्ध राम्रो हुन्छ, तब तपाईहरु आफ्नो चाहना पनि खुलेर बताउन सक्नुहुन्छ । आत्मीय सम्बन्ध राम्रो भए सन्तुष्टि प्राप्त हुन्छ ।

तपाईंको पार्टनरलाई यति भरोसा होस् कि उ आफूलाई तपाईसँग सुरक्षित महसुस गरोस् र आफ्नो मनको कुरा तपाईसँग खुलेर गर्न सकोस् ।

राम्रो स्रोता बन्नुहोस्

तपाईं आफ्नो कुरा ढुक्कले आफ्नो पार्टनरलाई बताउँदा तपाईंको पार्टनरले पनि त्यति नै ध्यान दिएर कुरा सुन्नुपर्छ । त्यसो नभए केही समयपछि तपाईंहरुबीच हुने संवाद एकतर्फी हुन्छ । त्यसले दम्पत्तीबच दुरी पैदा हुन सक्छ । आफ्नो पार्टनरको कुरा ध्यानसँग सुनेर तपाईं उसको आवश्यकता राम्रोसँग बुझन सक्नु हुन्छ । पार्टनरको कुरा सुनेर त्यो कुराको कार्यान्वयन पनि गर्नुहोस् । यसले सम्बन्ध राम्रो हुन्छ ।

एक अर्काप्रति कृतज्ञ हुनुहोस्

कुनै पनि सम्बन्धमा सम्मान तथा प्रशंसा मिल्दैन भने त्यो सम्बन्धप्रति विश्वास कम भएर जान्छ । वैवाहिक सम्बन्धमा पनि यो कुरा लागु हुन्छ । आफ्नो पार्टनरलाई कृतज्ञता व्यक्त गर्नु एकदमै जरुरी हुन्छ । किनकी जोसुकै व्यक्तिलाई पनि आफूले गरेको राम्रो कामको तारिफ सुन्न मनपर्छ । यदि तपाईं नियमित आफ्नो पार्टनरको तारिफ गर्नु हुन्छ भने सम्बन्ध बलियो हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested