वैवाहिक जीवनलाई कसरी सुखमय बनाउने ?



वैवाहिक जीवनको आधार भनेको माया, समय र विश्वासमा टिकेको हुन्छ । वैवाहिक जीवनमा सधैं खुशी मात्र मिल्छ भन्ने हुँदैन । यसलाई सुखमय बनाउन तपाईंलाई लगातार प्रयास गर्नुपर्ने हुन्छ । वैवाहिक जीवनलाई हाम्रो स–सानो बानीले पनि ठूलो प्रभाव पारेको हुन्छ । यदि तपाईंको बानी राम्रो छ भने जीवनसाथीको नजिक हुनुको साथै सम्बन्ध पनि बलियो हुन्छ । आज हामी यस्तो ४ बानीको बारेमा कुरा गर्छौ, जुन बानी राम्रो भयो भने तपाईंको वैवाहिक जीवन सुखमय हुनेछ ।

यदि दुई जनाको बीचमा राम्रो संवाद भयो भने तनाव पनि कम हुन्छ । एक अर्काप्रति भरोसा पनि बढ्छ र दुवैको सम्बन्ध राम्रो हुन्छ ।

संवाद

तपाईंको विवाह भएको लामो समय भइसक्यो भने एकापसमा हने संवादले निकै ठूलो भूमिका खेलेको हुन्छ । आफ्नो बारेमा प्रायः सबै कुरा एक अर्कालाई बताउनु पर्ने हुन्छ । घरमा आज के भयो, अफिसमा के भयो जस्ता कुरा एक अर्कालाई बताउनु भयो भने माया तथा एक अर्काप्रति लगाव बढ्छ । यसको साथै परिवार तथा साथीहरुको बारेमा पनि कुरा गर्न सकिन्छ । जीवनको राम्रो नराम्रो कुरा, संघर्ष र सफलताको बारेमा पनि कुरा गर्न सकिन्छ । यदि दुई जनाको बीचमा राम्रो संवाद भयो भने तनाव पनि कम हुन्छ । एक अर्काप्रति भरोसा पनि बढ्छ र दुवैको सम्बन्ध राम्रो हुन्छ ।

आत्मीयता

आफ्नो पार्टनरसँग शारीरिक तथा मानसिक रुपमा आत्मीयता बढाउनुहोस् । तपाईंको पार्टनरलाई यति भरोसा होस् कि उ आफूलाई तपाईसँग सुरक्षित महसुस गरोस् र आफ्नो मनको कुरा तपाईसँग खुलेर गर्न सकोस् । तपाईंहरुले एक अर्काको शारीरिक आवश्यकता पनि पनि राम्रोसँग बुझने कोशिस गर्नुपर्छ । यसले तपाईंहरु बिचको सम्बन्ध अझ बलियो हुनेछ । जब तपाईंहरु बीचको शारीरिक सम्बन्ध राम्रो हुन्छ, तब तपाईहरु आफ्नो चाहना पनि खुलेर बताउन सक्नुहुन्छ । आत्मीय सम्बन्ध राम्रो भए सन्तुष्टि प्राप्त हुन्छ ।

तपाईंको पार्टनरलाई यति भरोसा होस् कि उ आफूलाई तपाईसँग सुरक्षित महसुस गरोस् र आफ्नो मनको कुरा तपाईसँग खुलेर गर्न सकोस् ।

राम्रो स्रोता बन्नुहोस्

तपाईं आफ्नो कुरा ढुक्कले आफ्नो पार्टनरलाई बताउँदा तपाईंको पार्टनरले पनि त्यति नै ध्यान दिएर कुरा सुन्नुपर्छ । त्यसो नभए केही समयपछि तपाईंहरुबीच हुने संवाद एकतर्फी हुन्छ । त्यसले दम्पत्तीबच दुरी पैदा हुन सक्छ । आफ्नो पार्टनरको कुरा ध्यानसँग सुनेर तपाईं उसको आवश्यकता राम्रोसँग बुझन सक्नु हुन्छ । पार्टनरको कुरा सुनेर त्यो कुराको कार्यान्वयन पनि गर्नुहोस् । यसले सम्बन्ध राम्रो हुन्छ ।

एक अर्काप्रति कृतज्ञ हुनुहोस्

कुनै पनि सम्बन्धमा सम्मान तथा प्रशंसा मिल्दैन भने त्यो सम्बन्धप्रति विश्वास कम भएर जान्छ । वैवाहिक सम्बन्धमा पनि यो कुरा लागु हुन्छ । आफ्नो पार्टनरलाई कृतज्ञता व्यक्त गर्नु एकदमै जरुरी हुन्छ । किनकी जोसुकै व्यक्तिलाई पनि आफूले गरेको राम्रो कामको तारिफ सुन्न मनपर्छ । यदि तपाईं नियमित आफ्नो पार्टनरको तारिफ गर्नु हुन्छ भने सम्बन्ध बलियो हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विगत केही दशकहरूमा हाम्रो वातावरणमा जसरी प्रदूषण बढ्दै गइरहेको छ, त्यो वर्तमानका लागि मात्र होइन भविष्यका लागि पनि धेरै हिसाबले

यस धर्तीमा यस्ता रहस्य छन्, जसको बारेमा वैज्ञानिकले पनि आजसम्म पत्ता लगाउन सकेका छैनन् । संसारभरका नदी र तालहरूमा धेरै

घरबाहिर तथा बैठक कोठालाई सजाएर राख्दा घरको वातावरण सकारात्मक मात्रै होइन, तपाईंलाई एउटा फरक छवि पनि दिने गर्छ । घरभित्रको

मानव जीवनको सुरक्षाका लागि वातावरणलाई सुरक्षित राख्नुपर्छ । आधुनिकतातर्फ अघि बढिरहेको विश्वमा विकासको बाटोमा हामीले पृथ्वी र वातावरणका लागि घातक