English

विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो



नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार युरोपियन युरोभन्दा अमेरिकी डलर महंगो रहेको छ ।

अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ४६ पैसा र बिक्रीमा १२८ रुपैयाँ ०६ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिदमा १२६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२७ रुपैयाँ २७ पैसा रहेको छ । पछिल्लो केही समययता युरो र डलरको भाउबीच उतारचढाव देखिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ६७ पैसा र बिक्रीमा ८७ रुपैयाँ ४२ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४० पैसा र सिंगापुर डलर एकको खरिदमा ९० रुपैयाँ ७९ पैसा र बिक्री दर ९१ रुपैयाँ २१ पैसा रहेको छ ।

यसैगरी जापानी येन १० को खरिदमा ९ रुपैयाँ ०८ पैसा र बिक्रीमा ९ रुपैयाँ १२ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ९१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ०७ पैसा, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ७० पैसा र बिक्रीमा ३४ रुपैयाँ ८६ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ३७ पैसा र बिक्रीदर २८ रुपैयाँ ५१ पैसा रहेको छ ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested