English

अमेरिकी डलरको मूल्य स्थिर, युरो घट्यो



अमेरिकी डलरको विनिमय दर स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ स्थिर रहेको हो । अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ३८ पैसा र बिक्रीमा १२७ रुपैयाँ ९८ पैसा रहेको छ । आइतबार पनि अमेरिकी डलर सोही दरमा कारोबार भएको थियो ।

तर युरोपियन युरो भने ओरालो लागेको छ । युरो घटेर खरिद मूल्य १२६ रुपैयाँ ७८ पैसा र बिक्री मूल्य १२७ रुपैयाँ ३८ पैसा कायम भएको छ । जब कि आइतबार युरो खरिद दर १२७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२८ रुपैयाँ १५ पैसा रहेको थियो ।

त्यस्तै, अष्ट्रेलियन डलरको विनिमय दर सामान्य घटेको छ । यसअघि एकको खरिद मूल्य ८६ रुपैयाँ ७८ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ १९ पैसा रहेको अष्ट्रेलियन डलर सोमबार एकको खरिदमा ८६ रुपैयाँ ७६ पैसा र बिक्रीमा ८७ रुपैयाँ १७ पैसा रहेको छ ।

यसैगरी जापानी येन १० को खरिददर ९ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ४६ पैसा र बिक्रीमा १८ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

यता, कतारी रियाल र साउदी रियालमा पनि सामान्य गिरावट आएको छ । साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३३ रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ०४ पैसा कायम भएको छ ।

यसअघि एकको खरिद मूल्य ३४ रुपैयाँ ८० पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ९६ पैसा रहेको कतारी रियाल खरिदमा ३४ रुपैयाँ ७७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९४ पैसा रहेको छ ।

मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ४१ पैसा र बिक्रीदर २८ रुपैयाँ ५४ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ३५ पैसा र बिक्रीमा ९ रुपैयाँ ३९ पैसा, हङकङ डलर एकको खरिद दर १६ रुपैयाँ २३ पैसा र बिक्री दर १६ रुपैयाँ ३० पैसा, कुवेती दिनार एकको खरिद मूल्य ४१३ रुपैयाँ ३० पैसा र बिक्री मूल्य ४१५ रुपैयाँ २५ पैसा र बहराइन दिनार एकको खरिद दर ३३७ रुपैयाँ ८८ पैसा र बिक्री दर ३३९ रुपैयाँ ४७ पैसा रहेको छ ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested