English

एनआईसी एशिया ‘१० गुणा सर्वश्रेष्ठ मुद्दती योजना’ मा १ करोड रुपैयाँसम्म प्राप्त गर्न सकिने



एनआईसी एशिया बैंकले ‘१० गुणा सर्वश्रेष्ठ मुद्दती योजना’ अन्तर्गत विभिन्न योजना ल्याएको छ । दीर्घकालीन बचत योजनामा रहेका र उच्च प्रतिफल खोजिरहेकालाई एनआइसी एशिया बैंकले सार्वजनिक गरेको उक्त योजना सबैभन्दा उपयुक्त हुने बताइएको छ।

यो योजनामा १० गुणासम्म प्रतिफल सतप्रतिशत ग्यारेन्टी गरिएको छ । त्यसको साथमा ग्राहकलाई थप फाइदा दिने उद्देश्यले बैंकले ५ वर्ष अवधिका लागि रू. ८४ लाखसम्मका ३ बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू समेत दिने योजना बनाएको छ।

साथमा, ५ लाख रुपैयाँसम्मको निःशुल्क क्रेडिट कार्ड सुविधा र निक्षेप तथा पाकेको ब्याज रकमको धितोमा ९० प्रतिशतसम्म कर्जा सुविधा यस योजनाका मुख्य आकर्षण रहेको बताइएको छ।

यो योजना अनुसार ६ वर्षमा दोब्बर मात्र दिने नभइ अझ लामो समय राख्न चाहनेले बचतको १० गुणासम्म रकम वृद्धि गर्ने अवसर यस योजनामा उपलब्ध छ।

दीर्घकालीन बचत गर्ने ग्राहकलाई उच्च प्रतिफल दिन यो योजना ल्याएको र आफूसँग भएको रकमलाई दीर्घकालीन बचत गर्न चाहने हरुका लागि नेपालकै हालसम्मको सबैभन्दा सर्वश्रेष्ठ योजना रहेको एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताए ।

सहि योजना छान्न जान्ने हो भने कुनै पनि जोखिम नलिइकन उच्च प्रतिफल पाउने ग्यारेन्टी रहेको न्यौपाने बताउछन् । बैंकको १० गुणा योजनामा यस्तै ग्यारेन्टी छ र यो नेपालको वित्तीय क्षेत्रमै नभएको योजना रहेको बताइएको छ।

यो योजना ल्याउनुअघि बैंकले बजारमा उपलब्ध भएका गुणात्मक वृद्धि गर्ने विभिन्न योजनालाई सुक्ष्म रुपमा अध्ययन गरेको थियो। उनीहरूले दिने प्रतिफललाई अध्ययन गरेर त्यो भन्दा धेरै प्रतिफल दिन बैंकले यो योजना ल्याएको बैंकले जनाएको छ।

बैंकले व्यक्तिगत, संस्थागत र रेमिटेन्स पठाउनेहरूका लागि भनेर छुट्टाछुट्टै योजना ल्याएको छ । व्यक्तिगत योजना अनुसार ग्राहकले मुद्दती खातामा राखेको निक्षेप ६ वर्ष ३ महिना १२ दिनमा दोब्बर पाउँछन् ।

त्यस्तै, ९ वर्ष ११ महिना १६ दिनसम्मलाई आफ्नो निक्षेपलाई मुद्दतीमा राख्ने हो भने तीन गुणासम्म वृद्धि हुन्छ भने मुद्दतीमा राखेको निक्षेपलाई ४ गुणासम्म वृद्धि गर्न १२ वर्ष ६ महिना २२ दिन लाग्ने छ ।

यसैगरी, १४ वर्ष ७ महिनामा ग्राहकको निक्षेप ५ गुणाले वृद्धि हुन्छ । यसको अर्थ हो अहिले १० लाख रुपैयाँ राखेको छ भने करिब १५ वर्षपछि ५० लाख रुपैयाँ प्राप्त गर्न सकिन्छ। यही रकम १६ वर्ष २ महिना २५ दिनसम्म राख्ने हो भने ६ गुणासम्म वृद्धि हुन्छ ।

त्यसैगरी, १७ वर्ष ७ महिना १७ दिनमा ७ गुणासम्म, १८ वर्ष १० महिना ४ दिनमा ८ गुणासम्म, १९ वर्ष ११ महिनामा ९ गुणासम्म र २० वर्ष १० महिना १२ दिनमा १० गुणासम्म निक्षेप वृद्धि हुन्छ।

कुनै ग्राहकले १० गुणासम्म वृद्धि हुने योजनामा १० लाख रुपैयाँ निक्षेप राख्ने हो भने २० वर्ष १० महिना र १२ दिनमा १ करोड रुपैयाँ प्राप्त गर्नेछन्।

यो पनि…
यी हुन् एक अर्बदेखि पाँच अर्ब कमाउने बैंक
बैंकमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested