English

नोकियाले ल्यायो ठुलो डिस्प्ले भएको स्मार्टफोन



एचएमडी ग्लोबलले हालै आफ्नो नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक गरेको छ । नोकियाको स्मार्टफोनमा यो मोडललाई अहिले सम्मकै ठूलो डिस्प्ले भएको सेट मानिएको छ ।

तस्विर व्यवस्थापन गर्न, बिलहरू भुक्तान गर्न वा बच्चाहरूको अनलाइन कक्षाको प्रयोगका लागि फोन उपयोगि हुने देखिएको छ ।

६ दशमलब ५१ इन्च स्क्रिन रहेको यो सेट यस बजारमा आएको नोकियाको सेट भन्दा लगभग एक इन्च ठूलो छ । यो नोकियाको १ सिरिजकै सबैभन्दा ठूलो स्मार्ट फोन पनि हो ।

८ मेगापिक्सेलको वाईड एंगल र २ मेगापिक्सेलको माईक्रो डुअल क्यामेरा रहेको यो सेटको फ्रन्ट क्यामेरा भने ५ मेगापिक्सेलको रहेको छ । यो सेटवाट खिचेको फोटोहरु गूगलको गो एपमा गएर सुधार गर्न सकिन्छ ।

यसमा क्वालकोम चिपसेट र फिंगरप्रिन्ट सेन्सर रहेको छ । यो सेटमा १ जिवी र्‍याम र १६ जिवी स्टोरेज, २ जिवी र्‍याम ३२ जिवी र्‍याम र ३ जिवी ६४ जिवी स्टोरेज क्षमतामा रहेको छ । यसमा माईक्रो एसडी कार्ड राखेर स्टोरेज क्षमतालाई १ सय २८ जिवीसम्म पु¥याउन सकिन्छ ।

यो सेटमा ४ हजार एमएएच ब्याट्री क्षमता रहेको छ । २ जिबी र्‍याम र ३२ जिवी स्टोरेज क्षमता भएको यो सेट नेपाली बजारमा १२ हजार ८ सय ९९ सय रूपैयाँ कायम गरिएको छ । यो सेट कालो, निलो र प्याजी रङमा रहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested