English

सेयर बजारमा ७.२४ अंकको गिरावट



साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार ७.७२ अंकले गिरावट भएको नेप्से सोमबार पनि घटेको छ ।

सोमबार बजार परिसूचक नेप्से ७.२४ अंकले गिरावट हुँदा २०५३.३० अंकमा बन्द भएको हो । सोमबार म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ ।

नेप्सेमा सामान्य गिरावट हुँदा सोमबार कारोबार रकम पनि घटेको छ । आइतबार २ अर्ब ४ करोड ७० लाख ९४ हजारको कारोबार भएकोमा सोमबार कारोबार रकम २ अर्बबाट तल झरेको छ ।

नेप्सेमा सोमबार ५२ लाख ३० हजार ७६३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७२ करोड ६२ लाख ८७ हजारको कारोबार भएको छ । जसमध्ये हिमाल दोलखा हाइड्रोपावरको २८ करोड १८ लाख ७१ हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ८ करोड ५० लाख ३६ हजारको कारोबार भएको छ ।

दिनभर बजारमा १८७ कम्पनीको सेयर कारोबार भएकोमा १२४ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ४७ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १६ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

आइतबार कारोबार भएका मध्य अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयरमूल्य १० प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य ९।९७ प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ ।

त्यस्तै सिटिजन्स म्युचुअल फण्ड १ को इकाइ मूल्य ७.२२ प्रतिशतले बढेको छ । यता एनआईबीएल समृद्धि फण्ड २ को इकाइ मूल्य ६.७५ प्रतिशतले गिरावट भएको छ । यस्तै दोर्दी खोला जलविद्युत् कम्पनी सेयरमूल्य ५.१९ प्रतिशत र श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन कम्पनीको सेयरमूल्य ४.१५ प्रतिशतले गिरावट भएको छ ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested